Tuesday, October 28, 2025

२०८२ कार्तिक १२, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

आउँदो आर्थिक बर्षको बजेट करिब १ खर्बले घटेर आउँने


आउँदो आर्थिक बर्षको बजेट करिब १ खर्बले घटेर आउँने

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी वर्षका लागि १७ खर्बको हाराहारीमा बजेट सीमित राख्ने तयारी गरेका छन्।

यस वर्षको १७ खर्ब ९३ अर्बको बजेटका तुलनामा करिब १ खर्ब करिब हुने गरी बजेट ल्याउने तयारी गरिएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ।

अर्थमन्त्री डा. महतले सोमबार चार बजे संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दैछन्। स्रोत अनुमान समितिले तोकेको १६ खर्ब ८८ अर्ब रुपैयाँकै थोरै तलमाथि पारेर बजेट ल्याउने तयारी गरिएको हो।

सरकारले अघिल्लो वर्षका लागि राखेको १४ खर्ब रुपैयाँको राजस्व कठीन देखिएको छ। यस वर्ष राजस्व संकलनको लक्ष्य पनि सरकारले कम राख्ने भएको छ।