Tuesday, December 16, 2025

२०८२ पुष १, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

जैविकखेती प्रणालीलाई प्रवर्द्धन गर्न गड्यौला मल उत्पादन


जैविकखेती प्रणालीलाई प्रवर्द्धन गर्न गड्यौला मल उत्पादन

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले रासायनिक मलको प्रयोग घटाउँदै जैविकखेती प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले गड्यौला मल उत्पादन सुरु गरेको छ।

महिला विकास बोर्डमार्फत उपाध्यक्ष आत्मनिर्भर कार्यक्रमु अन्तर्गत सुरु गरिएको यो योजनाले स्थानीय महिलाहरूलाई आत्मनिर्भर र उद्यमशील बनाउने लक्ष्य लिएको छ।

गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईका अनुसार, कार्यक्रमअन्तर्गत गाउँपालिकाका सबै ६ वडाका १९ वटा महिला समूहले गड्यौला मल उत्पादन थालेका छन्। गत वर्षदेखि सुरु गरिएको यस कार्यक्रममा महिलाहरूलाई आवश्यक अनुदान र प्राविधिक सहयोग उपलब्ध गराइएको उपाध्यक्ष राईले बताइन्।

गाउँपालिका अध्यक्ष किरण राईले महिला समूहले उत्पादन गरेको गड्यौला मल गाउँपालिका आफैँले खरिद गर्ने र अन्य किसानहरूलाई ५० प्रतिशत अनुदानमा वितरण गर्दै आएको जानकारी दिए।