काठमाडौं । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा अर्थ मन्त्रालयसहित मातहतका कार्यालयहरूमा ८६ करोड ३२ लाखको क्षति भएको छ ।अर्थ मन्त्रालयका अनुसार भन्सार विभागले गरेको प्रारम्भिक क्षति अनुमान अनुसार देशभरका भन्सार कार्यालयहरूमा मात्रै करिब ४७ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले जेनजी आन्दोलनका क्रममा भएका आगजनी र तोडफोडले अर्थ मन्त्रालय र मातहतका कार्यालयहरूमा ८६ करोड ३२ करोडको क्षति भएको बताए ।
भन्सार आन्तरिक राजस्व, कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलगायत आगजनीले क्षतिग्रस्त बन्द उक्त रकम बराबरको क्षति भएको उनको भनाई छ । झापा, इटहरी, विराटनगर, लहान, जनकपुर, सिरहा, हेटौडा, वीरगञ्ज, बुटवल, भैरहवा, नेपालगञ्ज, दाङ, धनगढी, डडेल्धुरा र पोखराका १० वटा आन्तरिक राजस्व कार्यालय लगायत देशभरका भन्सार कार्यालयमा गरी ४७ करोड क्षति पुगेको प्रारम्भिक अनुमान छ ।