Thursday, December 18, 2025

२०८२ पुष ३, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सरकारले जेनजी आन्दोलनका घाइते र मृतकका परिवारलाई नि:शुल्क वैदेशिक रोजगारीमा पठाउने


सरकारले जेनजी आन्दोलनका घाइते र मृतकका परिवारलाई नि:शुल्क वैदेशिक रोजगारीमा पठाउने

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जान चाहने जेनजी आन्दोलनका घाइते तथा मृतकका परिवारलाई नि:शुल्क पठाउने भएको छ ।

२३ र २४ भदौमा भएको जेनजी आन्दोलन क्रममा घाइते भएका र मृतकका परिवारलाई वैदेशिक रोजगारीमा जान राज्यले सहजीकरण गर्ने भएको हो ।

त्यस्तै स्वदेशमा काम गर्न चाहनेका हकमा सिपमूलक तालिम प्रदान गरिने छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले घाइते तथा मृतकका परिवारलाई आन्तरिक रोजगारीमा जोड्न आवश्यक पर्ने सिपमूलक तालिम प्रदान गर्न लागेको हो ।

मन्त्रालयले व्यावसायिक तथा सिप विकास तालिम प्रतिष्ठान मार्फत उनीहरूलाई सिपमूलक तालिम प्रदान गर्न लागेको हो । कोही वैदेशिक रोजगारीमा जान चाहनेको हकमा म्यानपावर व्यवसायीसँगको समन्वयमा नि:शुल्क पठाउने व्यवस्था मिलाउन लागिएको मन्त्रालयले जनाएको छ ।

श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले जेनजी आन्दोलनका घाइते र मृतकका परिवारलाई आन्तरिक रोजगारीका लागि आवश्यक पर्ने सिपमूलक तालिम दिइने बताए । त्यसका लागि मन्त्रालयले आन्तरिक गृहकार्य अघि बढाएको उनको भनाइ छ ।

नवनियुक्त श्रममन्त्री राजेन्द्रसिंह भण्डारीले उनीहरूलाई आन्तरिक रोजगारीमा जोड्न आवश्यक पर्ने सिपमूलक तालिम दिने गरी काम अघि बढाउन निर्देशन दिएका दिए ।

त्यस्तै वैदेशिक रोजगारीमा जान चाहनेलाई नि:शुल्क जाने व्यवस्था मिलाउन समेत निर्देशन दिएका थिए । मन्त्रीको निर्देशन अनुसार मन्त्रालयले आवश्यक गृहकार्य अघि बढाएको हो ।