Sunday, October 12, 2025

२०८२ आश्विन २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सेयर बजारः सकारात्मक सर्किट


सेयर बजारः सकारात्मक सर्किट

काठमाडौं । कारोबारको सुरुवातमा एक सय भन्दा धेरै अङ्क बढेर सकारात्मक सर्किट लागेको सेयर बजार २२ अङ्कमा बन्द भएको छ । साताको अन्तिम कारोबार दिन बजार परिसूचक २२.५९ अङ्कले बढेर २५८२.१८ अङ्कमा सीमित भएको हो ।

बजारमा आज ५ अर्ब २७ करोडको कारोबार भयो । बजारमा आज २०० वटा कम्पनीको सेयर मूल्य बढेको छ । ४१ वटाको मूल्य घट्दा बाँकी १० वटा कम्पनीको मूल्य स्थिर रहेको देखिन्छ । बजारमा आज ट्रेडिङ समूहमा १.४८ प्रतिशत मूल्य घट्नु बाहेक अन्य समूहका सूचक बढेका छन् । बैंकिङ लगायत अधिकांश समूहमा १ प्रतिशत भन्दा धेरैको वृद्धि भएको छ ।


बजारमा आज विन्धवासिनी हाइड्रोपावरको मूल्य सर्वाधिक ८.२१ ले बढ्नु र थ्रिस्टार हाइड्रोपावरको ९.०९ प्रतिशतले घट्नुबाहेक उल्लेख्य घटबढ देखिएन । आज बजारमा शिवम् सिमेन्ट र युनियन हाइड्रोपावरको समान २७ करोडको कारोबार भयो ।

अर्थ मन्त्रालयले गठन गरेको पुँजी बजार सुधारसम्बन्धी समितिको प्रतिवेदन कार्यान्वयनको निर्देशनसँगै बजारमा सुधार देखिएको हो ।यो साता बजारमा ३ दिन कारोबार भयो । यो अवधिमा बजार ७८ अङ्कले घटेको देखिन्छ ।