Sunday, January 11, 2026

२०८२ पुष २७, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेप्सेमा दोहोरो अङ्कको गिरावट, १३ दशमलव ३५ अङ्कले घट्यो


नेप्सेमा दोहोरो अङ्कको गिरावट, १३ दशमलव ३५ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १३ दशमलव ३५ अङ्कले घटेर दुई हजार ६३५ दशमलव ९५ को विन्दुमा कायम भएको छ।

आज ३२३ कम्पनीको एक करोड छ लाख ३३ हजार ७१७ कित्ता शेयर ७२ हजार ४७४ पटक खरिदबिक्री हुँदा पाँच अर्ब १७ करोड ५० लाख ९१ हजार ९९१ दशमलव ६० को कारोबार भएको छ । आजको कारोबारमा वित्त र व्यापार समूहको उपसूचक सामान्य बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

आज सबैभन्दा बढी नारायणी डेभलपमेन्ट बैँक लिमिटेडका छ दशमलव शून्य आठ प्रतिशतले बढेको छ भने सबभन्दा बढी एसवाई प्यानल नेपाल लिमिटेडको शेयर मूल्य आठ दशमलव ४५ प्रतिशतले घटेको छ ।