काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले लक्ष्यको ७३ प्रतिशत धान खरिद गरेको छ ।
यो वर्ष १ लाख ९० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएकोमा हालसम्म १ लाख ३२ हजार क्विन्टल धान खरिद गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार ४५ करोड ६१ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ३२ हजार क्विन्टल धान खरिद भएको छ ।
खाद्य तथा व्यापार कम्पनी लिमिटेडले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यअनुसार मोटा धान३ हजार ४६३ रुपैयाँ प्रतिक्विन्टल र मध्यम धानको ३ हजार ६२८ रुपैयाँ प्रतिक्विन्टलमा खरिद गरेको हो ।
