Sunday, December 21, 2025

२०८२ पुष ६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चामलको भाउ घट्यो


चामलको भाउ घट्यो

काठमाडौं । बजारमा नयाँ चामल आएसँगै मूल्य घट्न थालेको छ । अहिले मोटा, जिरा मसिनो र लङग्रेन चामलको मूल्य घटेको हो ।

उद्योगीदेखि खुद्रा व्यवसायीसम्मले चामलको मूल्य घटेको बताएका छन् । व्यवसायीले पुरानो चामलको भाउ २५ किलो बोरामा २५ रुपैयाँदेखि नयाँमा २ सय रुपैयाँसम्म घटेको बताएका छन् ।

नेपाल चामल, तेल, दाल उद्योग संघका सदस्य विभोर अग्रवाल नयाँ चामलको मूल्यमा १ सय ५० देखि २ सय रुपैयाँसम्म कमी आएको व्यवसायी बताउँछन् । यो मूल्य प्रति २५ केजी बोराको आधारमा गणना गरिएको हो ।

‘पुरानो धानबाट उत्पादित चामलको तुलनामा नयाँ धानबाट उत्पादित चामल स्वाभाविक रूपमा सस्तो हुन्छ,’ उनी भन्छन्, ‘पुरानो धान गोदाममा लामो समयसम्म भण्डारण गर्दा ब्याज र अन्य व्यवस्थापकीय खर्च लाग्ने भएकाले यसको मूल्य बढी पर्छ ।’

अहिले बजारमा नयाँ सिजनको धान भित्रिएसँगै नयाँ चामलको उपलब्धता बढेको छ, जसले गर्दा समग्र मूल्यमा गिरावट आएको हो । उनले यसअघि उद्योगबाट १ हजार ९ सय ५० रुपैयाँमा बिक्री भइरहेको पुरानो चामल अहिले १ हजार ८ सय रुपैयाँमा बेचिँदै गरेको स्पष्ट पारे । जसमा प्रतिबोरा १ सय ५० रुपैयाँ फरक परेको छ ।