काठमाडौं । सरकारले चक्रीय कोषमार्फत बचत फिर्ता गर्दा पाउने सहकारी पीडित बचतकर्ता करिब ३८ हजार छन् । सरकारले १ लाखसम्मका साना बचतकर्ताको रकम फिर्ता गर्दा ती बचतकर्ताले आफ्नो पूरै बचत रकम पाउने भएका हुन् ।
सोही अनुसार मन्त्रालयले कार्यविधि तयार गरी अर्थ मन्त्रालयमा पठाएको छ । अर्थमा अध्ययन क्रममा रहेको उक्त कार्यविधि मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि साना बचतकर्ताले रकम फिर्ता पाउनेछन् ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले तयार गरेको तथ्यांक अनुसार समस्याग्रस्त सहकारीका साना बचतकर्ताको संख्या ३७ हजार ८ सय ६ जना छ ।
उनीहरुले समस्याग्रस्त सहकारीमा जम्मा गरेको १ लाख रुपैयाँसम्म फिर्ता पाउनेछन् । मन्त्रालयले सोही अनुसार कार्यविधि बनाइ चक्रीय कोषमा सरकारले राख्ने रकम यकिन गरिएकोे मन्त्रालयका एक अधिकारीले बताए ।
