Thursday, October 09, 2025

२०८२ आश्विन २३, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

गृहमन्त्रीद्धारा माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनालाई तत्काल सञ्चालनमा ल्याउन निर्देशन


गृहमन्त्रीद्धारा माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनालाई तत्काल सञ्चालनमा ल्याउन निर्देशन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी युवाहरूको नाममा निःशुल्क सेयर माग्दै बन्द गराइएको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनालाई तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् ।

बुधबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीको नेतृत्वमा पीडित जलविद्युत् आयोजनाहरूका प्रतिनिधिसहितको टोलीले गृहमन्त्रीलाई घटनाबारे जानकारी गराएका थिए ।

अध्यक्ष गणेश कार्कीले जेनजी युवाहरूको नाममा जलविद्युत् आयोजना बन्द गराउनु अराजकता भएको भन्दै यथाशीघ्र आयोजना सञ्चालन हुने वातावरण बनाउन गृहमन्त्री अर्यालसँग माग गरेका थिए ।

इप्पानका कुरा सुनेलगत्तै गृहमन्त्री अर्याललले सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई टेलिफोन गरी भोटेकोशी जलविद्युत् आयोजना तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिएका हुन् ।