Friday, October 03, 2025

२०८२ आश्विन १७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बीपी राजमार्गको एक खण्डमा रात्रिकालीन सवारी आवागमनमा रोक


बीपी राजमार्गको एक खण्डमा रात्रिकालीन सवारी आवागमनमा रोक

काठमाडौं । भारी वर्षा र बाढी पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बीपी राजमार्गको एक खण्डमा रात्रिकालीन सवारी आवागमनमा रोक लगाएको छ ।

जिप्रका काभ्रेले बिहीबार बिहान (असोज १६ गते)जारी गरेको सूचनाअनुसार २०८२ असोज १६ गते बिहीबारदेखि असोज २१ गते मंगलबारसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडक खण्डमा एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारी साधनबाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुवाहक सवारी साधनको आवागमनमा निषेध गरिएको छ ।

बाढी पहिरोको उच्च जोखिमलाई ध्यानमा राखी उच्च सतर्कता अपनाउन भन्दै प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले सबै जिल्लावासी र सम्बन्धित निकायहरूलाई पूर्वतयारीमा जुट्न अनुरोध गरेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाअनुसार असोज १७ गतेदेखि २० गतेसम्म यस जिल्लामा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

यसैका आधारमा प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । प्रशासनले जारी गरेको सूचनामा उल्लेखित अवधिमा अत्यन्त जरूरी नभईकन बाहिर नजान, विशेषगरी टाढा र रातको समयमा यात्रा नगर्न आग्रह गरिएको छ ।

यातायात व्यवस्थापनमा थप कडाइ गर्दै प्रशासनले रोशी खोला र स्थानीय खहरे खोलामा बाढी आएको अवस्थामा अन्य समयमा पनि स्थानीय प्रहरी र ट्राफिक प्रहरीले जुनसुकै स्थानमा सवारी साधन रोक्न सक्ने जनाएको छ । जिप्रका काभ्रेले पहिरोको जोखिममा रहेका तथा नदी किनारका बस्तीहरूमा उच्च सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।