Monday, October 06, 2025

२०८२ आश्विन २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सगरमाथा क्षेत्रमा फसेका ३०० भन्दा बढी पर्वतारोहीको उद्धार


सगरमाथा क्षेत्रमा फसेका ३०० भन्दा बढी पर्वतारोहीको उद्धार

काठमाडौं । प्रतिकूल मौसमका कारण तिब्बततर्फ सगरमाथा क्षेत्रमा फसेका ३०० भन्दा बढी पर्वतारोहीको उद्धार गरिएको छ । तिब्बततर्फको मोहडाबाट सगरमाथा क्षेत्रमा पुगेका पर्वतारोही भारी हिमपात तथा प्रतिकूल मौसमका कारण शिविरमै फसेका हुन् । शुक्रबार रातिदेखि शनिबारसम्म भएको हिमपातका कारण करिब एक हजार पर्वतारोही फसेको समाचार प्रकाशमा आएको थियो ।

चिनियाँ सरकारी सञ्चारमाध्यमले ३५० जनाभन्दा बढी पर्वतारोहीलाई उद्धार गरेको र अन्य दुई सयभन्दा बढी पर्वतारोहीसँग सम्पर्क स्थापित गरेको जनाएका छन् । चीनमा राष्ट्रिय दिवसका अवसरमा साताव्यापी बिदा चलिरहेको छ ।

सोही कारण ठुलो संख्यामा मानिस घुम्न निस्किने गरेका हुन् । बिदा मनाउने क्रममा सगरमाथा क्षेत्रमा पुगेका पर्यटक प्रतिकूल मौसमका कारण फसेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

तिब्बततर्फको सगरमाथा क्षेत्रमा फसेका पर्वतारोही तथा पर्यटकको उद्धारका लागि स्थानीय प्रशासनले टोली परिचालन गरेको र द्रुत गतिमा उद्धार कार्य जारी रहेको जनाइएको छ ।