Monday, October 06, 2025

२०८२ आश्विन २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

गृहमन्त्री अर्याल र उर्जामन्त्री घिसिङ सोमबार इलाम जाने कार्यक्रम स्थगित


गृहमन्त्री अर्याल र उर्जामन्त्री घिसिङ सोमबार इलाम जाने कार्यक्रम स्थगित

काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्याल र उर्जामन्त्री कुलमान घिसिङ सोमबार इलाम जाने कार्यक्रम रद्द भएको छ । मन्त्री अर्याल र घिसिङ इलामको पहिरो प्रभावित क्षेत्रमा जाने बताइएको थियो । तर, सोमबार जहाजको टिकट नपाएपछि स्थगित भएको गृह मन्त्रालय श्रोतले जनाएको छ । असोज १८ र १९ गतेको अविरल वर्षापछि इलाममा सबैभन्दा बढी क्षति भएको थियो ।

उक्त क्षेत्रको स्थलगत अवलोकन गर्न उनीहरू त्यसतर्फ जाने तयारी थियो । काठमाडौँबाट नियमित उडानको हवाईजहाजमा झापाको भद्रपुरसम्म जाने र भद्रपुरबाट इलामसम्म हेलिकप्टरबाट जाने कार्यक्रम तय भए पनि नियमित जहाजको टिकट नपाएपछि स्थगित भएको स्रोतको भनाइ छ । उनीहरूसँगै गृह सचिव, ऊर्जा सचिव र भौतिक सचिव पनि इलाम जाने तयारी थियो । इलाममा पहिरोले बस्ती पुर्दा तीन दर्जन भन्दा बढीको ज्यान गएको थियो ।