Friday, October 24, 2025

२०८२ कार्तिक ८, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चीनले अबका पाँच वर्ष राष्ट्रिय सुरक्षा र उपभोगलाई बढावा दिने


चीनले अबका पाँच वर्ष राष्ट्रिय सुरक्षा र उपभोगलाई बढावा दिने

एजेन्सी । चीनको सत्तारुढ कम्युनिस्ट पार्टीले आगामी पाँच वर्ष उपभोगमा जोड दिने र राष्ट्रिय सुरक्षालाई सुदृढ गर्न केन्द्रित हुने जनाएको छ । गएको सोमवारदेखि शुरू भएर हिजो सम्पन्न बैठकमा उच्च अधिकारीहरूले अर्को वर्ष शुरू हुने १५औं पञ्चवर्षीय योजनाका लागि दीर्घकालीन रणनीतिहरूबारे छलफल गरेका थिए ।

अमेरिकासँगको व्यापार युद्धका कारण विश्वको दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनले महत्वपूर्ण विषयमा छलफल गरेको हो । भेला सकिएपछि नेताहरूले ‘द्रुत आर्थिक विकास’ का लागि प्रयास गर्ने प्रतिवद्धता जनाएका समाचार संस्था एएफपीले जनाएको छ ।

खपतलाई बढावा दिन, प्रभावकारी लगानी विस्तार गर्न र अवरोधहरू हटाउन दृढतापूर्वक प्रयास गरिनुपर्ने भेलापछि जारी विज्ञप्तिमा उल्लेख छ । चीनको अर्थतन्त्र कोरोना महामारीपछि पूर्ण रूपमा पहिलेको अवस्थामा फर्किनसकेको पछिल्लो तथ्याङ्कले देखाउँछ । नयाँ पञ्चवर्षीय योजनाले आफ्ना पूर्ववर्तीहरूले जस्तै राजनीतिक, आर्थिक, सामाजिक र वातावरणीय लक्ष्यहरू समेट्नेछ र सन् २०३० सम्मको रोडम्याप प्रदान गर्नेछ र यो मार्चमा स्वीकृत हुनेछ ।

चिनियाँ नेताहरूले राष्ट्रिय सुरक्षालाई बलियो बनाउने पनि प्रतिवद्धता व्यक्त गरेका छन् । गएको हप्ता अनुशासन गम्भीर रूपमा उल्लङ्घन गरेको आरोपमा नौ जना शीर्ष सैन्य अधिकारीहरूलाई निष्कासन समेत गरिएको छ । पछिल्ला केही दशकहरूमा चीनको सैन्य शक्ति बढ्दै जाँदा अमेरिका र अन्य एसिया–प्रशान्त क्षेत्रमा तनाव समेत बढेको छ ।