Friday, October 24, 2025

२०८२ कार्तिक ८, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

रूसका दुई ठूला तेल कम्पनीमाथि अमेरिकी प्रतिबन्ध,युक्रेनमा शान्ति सम्झौताका लागि रूसमाथि दबाब


रूसका दुई ठूला तेल कम्पनीमाथि अमेरिकी प्रतिबन्ध,युक्रेनमा शान्ति सम्झौताका लागि रूसमाथि दबाब

एजेन्सी । युक्रेनमा शान्ति सम्झौताको लागि रूसलाई दबाब दिने प्रयासमा अमेरिकाले रूसका दुई ठूला तेल कम्पनीहरू रोसनेफ्ट र लुकोइललाई लक्षित गरी नयाँ प्रतिबन्धको घोषणा गरेको छ । युक्रेनमा शान्ति सम्झौताका लागि रूसमाथि आवश्यक दबाब बढाउन ती दुई ठूला तेल कम्पनीमाथि प्रतिबन्ध लगाएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताए ।

राष्ट्रपति ट्रम्पले पुटिन शान्ति स्थापनामा गम्भीर नभएको भन्दै असन्तुष्टी समेत जनाए । अमेरिकी ट्रेजरी सचिव स्कट बेसेन्टले यी तेल कम्पनीहरूले क्रेमलिनको ‘युद्ध मेसिन’ लाई आर्थिक सहयोग गरिरहेको आरोप समेत लगाएको बीबीसीले जनाएको छ । नयाँ प्रतिबन्ध ट्रम्प र पुटिनबीच बुडापेस्टमा हुने भनिएको वार्ता अन्तिम समयमा स्थगित भएपछि आएको हो ।

रूस युद्ध रोक्न सहमत भएमा यी प्रतिबन्धहरू तुरुन्तै फिर्ता लिन सकिने ट्रम्पले बताए । नेटो महासचिव मार्क रुटसँग शान्ति वार्ताका विषयमा छलफल गरेपछि राष्ट्रपति ट्रम्पले हरेक पटक पुटिनसँग कुरा गर्दा राम्रो कुराकानी हुने तर त्यसपछि कुनै निष्कर्षमा नपुग्ने गरेको बताए । पछिल्लो वार्ता प्रयास असफल भएलगत्तै रूसले युक्रेनमा आक्रमण गरेको छ । आक्रमणमा दुई बालबालिकासहित कम्तीमा सात जनाको ज्यान गएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताए ।