Wednesday, October 22, 2025

२०८२ कार्तिक ६, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

भाइटिका नजिकिँदै गर्दा उपत्यका छाड्ने यात्रुहरूको सङ्ख्या बढ्यो


भाइटिका नजिकिँदै गर्दा उपत्यका छाड्ने यात्रुहरूको सङ्ख्या बढ्यो

काठमाडौं । भाइटिका नजिकिँदै गर्दा उपत्यका छाड्ने यात्रुहरूको सङ्ख्या बढेको छ । उपत्यकाका विभिन्न नाकाका साथै बसपार्कहरूमा यात्रुहरूको भिड देखिएको छ । शनिबारदेखि सुरु भएको तिहारको भाइटिकाको बिहानसम्ममा करिब ५ लाख सर्वसाधारण उपत्यकाबाट बाहिरिने अनुमान गरिएको  छ ।

उपत्यका बाहिरिने सर्वसाधारणका साथै तिहारमा उपत्यका आउने यात्रुहरूको सङ्ख्या पनि उतिनै देखिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कात्तिक ३ गते बिहान ६ बजेदेखि कार्तिक ४ गते बिहानसम्म ४० हजार ९ सय ७७ यात्रु बाहिरिँदा ४० हजार ४०८ यात्रु उपत्यका प्रवेश गरेको ट्राफिक कार्यालयले जानकारी दिएको छ ।