काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आज संघीय संसद्मा बजेटमा उठेका प्रश्नको भोली जवाफ दिने भएका छन् । । जेठ १५ गते प्रस्तुत गरिएको बजेटमा सांसदहरूले उठाएका प्रश्नको आइतवार प्रतिनिधि सभामा जवाफ दिने कार्यक्रम भएपनि संसद बैठक आजलाई स्थगित भएकोले भोली बैंठक बस्ने तय भएको हो ।
बजेटमा करका विषय हेरफेर गर्दा अनधिकृत व्यक्तिको संगलग्नता रहेको आरोप लगाउनुका साथै निश्चित व्यवसायीलाई फाइदा हुने गरी करका दर घटबढ गरेको विपक्षी दलका सांसदहरूले आरोप लगाएका छन् ।
गाँजा खेतीको अध्ययन गर्नेदेखि ढुङ्गा गिट्टी निर्यात गर्नेसम्मका कार्यक्रममा पनि विपक्षी दलका सांसदहरूले प्रश्न उठाइरहेका छन् ।
पूँजीगत खर्चमा न्यून बजेट छुट्ट्याएर ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य तोकेकोमा पनि सांसदहरूले प्रश्न उठाएका छन् ।