Wednesday, October 29, 2025

२०८२ कार्तिक १३, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

हायात होटल पुनर्निर्माणपछि सञ्चालनमा आउँने


हायात होटल पुनर्निर्माणपछि सञ्चालनमा आउँने

काठमाडौं । पाँच तारे होटल तारागाउँ रिजेन्सी होटल्स (हायात रिजेन्सी, काठमाडौँ)ले भदौ २४ को प्रदर्शनका क्रममा ठूलो क्षति भएको उल्लेख गर्दै पुनःनिर्माणपछि यथाशीघ्र सञ्चालनमा आउने जनाएको छ ।

आइतबार होटलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठले विज्ञप्ति जारी गर्दै गत २४ भदौको प्रदर्शनका क्रममा होटलमा भएको क्षतिको मूल्यांकन भइरहेको र पुनर्निर्माणपछि सञ्चालन हुने जनाएका हुन् । स्तरोन्नति र पुनर्निर्माणका लागि कम्तीमा एक वर्ष लाग्ने होटलको भनाइ छ ।

‘आन्दोलनका क्रममा होटलमा भएको तोडफोड, लुटपाट तथा आगजनीजन्य क्रियाकलापबाट अतिथि कक्ष, कार्यकक्ष, रिसेप्सन, लबी, रेस्टुरेन्ट, बैंक्वेट, चैत्यसहित होटलको समष्टिगत संरचनामा ठूलो क्षति पुगेको छ, त्यसयता होटल पूर्ण रूपमा बन्द छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हाल क्षतिको पूर्ण मूल्यांकनपछि होटल स्तरोन्नति र पुनर्निर्माण गरी अझ विस्तारित र उत्कृष्ट सेवासहित यथाशीघ्र पुनः सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्छौं ।’

विज्ञप्तिमा होटलमा भएको क्षतिका सम्बन्धमा प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सरकारबाट आवश्यक साथ सहयोग प्रदान गरिने भनी दिएको आश्वासनप्रति होटलले आभार व्यक्त गरेको छ ।

होटल पर्यटनमार्फत मुलुकको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै पटक पटक सरकारबाट सम्मानित भइसकेको छ । होटल हालसम्म पर्यटन क्षेत्रमा सबैभन्दा बढी आयकर तिर्ने करदाताको रुपमा सात पटक र पर्यटन क्षेत्रमा सबैभन्दा धेरै विदेशी मुद्रा संकलन गर्ने होटलका रुपमा दुई पटक सम्मानित भइसकेको छ ।