Wednesday, October 29, 2025

२०८२ कार्तिक १३, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

२८ सय कर्मचारी बिदामा राखेर शंकर ग्रुपले बन्द गर्‍यो दुई उद्योग


२८ सय कर्मचारी बिदामा राखेर शंकर ग्रुपले बन्द गर्‍यो दुई उद्योग

काठमाडौं । डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत विद्युत् उपभोग गरी प्रिमियम शुल्क भुक्तान नगरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले बिजुली काटेपछि शंकर समूहको जगदम्बाको दुई उद्योग बन्द भएको छ । 

जगदम्बा स्टिलले १ अर्ब ६० करोड १८ लाख रुपैयाँ र जगदम्बा सिन्थेटिकले २० करोड ५० लाख रुपैयाँ बक्यौता नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले बिजुली काटेको  छ ।

विद्युत् कटौतीपछि कर्मचारीलाई बिदामा राखेर दुवै उद्योग बन्द गरेको शंकर समूहका उपाध्यक्ष सुलभ अग्रवालले बताए । जगदम्बा स्टिलमा २२ सय कर्मचारी कार्यरत छन् भने जगदम्बा सिन्थेटिकमा ६ सय कर्मचारी छन् । अग्रवालका अनुसार जगदम्बा स्टिलले मासिक ८० हजार टन स्टिल र सिन्थेटिकले मासिक २ सय टन धागोलगायत उत्पादन गर्दै आएको छ ।