Wednesday, October 29, 2025

२०८२ कार्तिक १३, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एनआईसी बैंकका ग्राहकका लागि स्काइवाक टावरमा २५ प्रतिशत छुट


एनआईसी बैंकका ग्राहकका लागि स्काइवाक टावरमा २५ प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूले अब काठमाडौंको कमलादीस्थित स्काइवाक टावर मा सेवा लिँदा विशेष छुट पाउने भएका छन् । बैंक र वन्डर नेपालबीच सम्पन्न समझदारीअनुसार, स्काइवाक टावरमा डिजिटल भुक्तानी गर्ने बैंकका ग्राहकहरूले २५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।सम्झौताअनुसार ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एप मार्फत भुक्तानी गर्दा उक्त छुट पाउनेछन् । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाका अनुसार यो सहकार्यले ग्राहकहरूलाई छुट सुविधा प्रदान गर्नुका साथै मुलुकमा डिजिटल भुक्तानी प्रवर्द्धन र नगदरहित कारोबार संस्कृति विकासमा टेवा पुर्‍याउने छ ।