Tuesday, October 28, 2025

२०८२ कार्तिक १२, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

फास्ट ट्र्याकको बजेट साढे सात अर्बले घट्यो


फास्ट ट्र्याकको बजेट साढे सात अर्बले घट्यो

काठमाडौं। तराई मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनाको बजेट चालू आर्थिक वर्षको तुलनामा साढे सात अर्ब रुपैयाँले घटेको छ।

आर्थिक वर्ष २०८०/८१ मा सरकारले फास्ट ट्र्याकका लागि २२ अर्ब ५० करोड अर्ब बजेट विनियोजन गरेको छ। चालू आर्थिक वर्षमा ३० अर्ब रुपैयाँ थियो।

२०७४ सालमा सरकारले काठमाडौं–मधेश जोड्ने यो आयोजना पाँच वर्षमा सकाउने गरी नेपाली सेनालाई जिम्मा दिएको थियो। तर, सेनाले व्यवस्थापन गर्न थालेको ६ वर्ष बित्दा आयोजनामा जम्मा २१ प्रतिशत मात्रै प्रगति भएको छ।

तोकिएको समयभित्र सम्पन्न नभएको यो आयोजनाको म्याद पछिल्लो पटक थपिएर २०८३ चैतसम्म तय गरिएको छ। यो राष्ट्रिय गौरवशाली आयोजना हो।