Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

आर्थिक वृद्धि दर २.४ प्रतिशत हुने प्रक्षेपण


आर्थिक वृद्धि दर २.४ प्रतिशत हुने प्रक्षेपण

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले चालू आर्थिक वर्षमा आर्थिक वृद्धि दर २.४ प्रतिशत हुने बताएका छन् । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै उनले सो कुरा बताएका हुन ।

विश्व अर्थतन्त्रमा देखिएको सिथिलता तथा आन्तरिक कारणले आर्थिक गतिविधिमा सुस्तता आएको हुँदा आर्थिक वृद्धि न्यून हुने उनले बताए ।

उनले मुलुकको अर्थतन्त्रमा देखिएका चुनौतिलाई सामना गर्न र निजी क्षेत्रको मनोबल बढाउन आगामी बजेटले सम्बोधन गर्ने बताए । साथै, जनअपेक्षालाई सम्बोधन गर्न सक्ने गरी आगामी बजेट तर्जुमा गरेको उनको भनाइ छ ।

चालू आर्थिक वर्षको चैत महिनामा मुद्रास्फिती ७.७६ प्रतिशत रहेको उनले बताए । आयातीत वस्तुको मूल्य वृद्धि र अमेरिकी डलरसँग नेपाली रुपैयाँको अवमूल्यन हुँदा मुद्रास्फितीमा चाप परेको उनले बताए ।