काठमाडौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गरिरहेका छन् । उनले चालु आर्थिक वर्षका विभिन्न परिसूचकहरूबारे जानकारी गराए ।
अर्थमन्त्रीका अनुसार चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्र रहने अनुमान छ । विश्व अर्थतन्त्रमा देखिएको शिथिलता र आन्तरिक कारणले आर्थिक गतिविधिमा सुस्तता आएको हुँदा वृद्धिदर सन्तोषजनक नरहेको अर्थमन्त्री डा. महतले बताए ।
चैत महिनामा मुद्रास्फीति २७.७६ प्रतिशत रहेको अर्थमन्त्रीले उल्लेख गरेका छन् । आयातित वस्तुको मूल्यवृद्धि र अमेरिकी डलरसँग नेपाली मुद्राको अवमूल्यन हुँदा मुद्रास्फीतिमा चाप परेको उनको भनाइ छ ।
बाँकी आर्थिक परिसुचक यसप्रकार छन् ।
सोधनान्तर स्थितिः १ खर्ब ८० अर्ब १७ करोड (वचत)
विदेशी मुद्राको सञ्चितिः ११ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्ने
विप्रेषण आप्रवाहः ९ खर्ब ३ अब (२४.२ प्रतिशत वृद्धि)
सरकारी खर्चः १५ खर्ब ४ अर्ब ९९ करोड (विनियोजनको ८३.९० प्रतिशत)
चालु खर्च ः १० खर्ब ४३ अर्ब ३९ करोड विनियोजनको ८८.१८ प्रतिशत
पूँजिगत खर्च ः २ खर्ब ५८ अर्ब ३४ करोड (विनियोजनको ६७.९१ प्रतिशत)
वित्तिय व्यवस्थाः २ खर्ब ३ अर्ब २६ करोड (विनियोजनको ८८.२९ प्रतिशत)
राजश्व संकलनः ११ खर्ब ७९ अर्ब ४४ करोड (लक्ष्यको ८४ प्रतिशत)