Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

दुई प्रतिशतसम्म थप गरी ब्याजदर तोक्नुपर्ने बेस रेट


दुई प्रतिशतसम्म  थप गरी ब्याजदर तोक्नुपर्ने बेस रेट

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाले आधार दर (बेस रेट) मा दुई प्रतिशतसम्म मात्र थप गरी ब्याजदर तोक्नुपर्ने सर्कुलर जारी गरेको छ । बैङ्क तथा वित्तीय संस्थाले आधार दर (बेस रेट) मा दुई प्रतिशतभन्दा बढी लिएर कर्जा प्रवाह गरेको पाइएमा कारबाही हुने भएको छ । तर आधार दरमा दुई प्रतिशत भन्दा बढी प्रिमियम थपेर कुनै पनि बैङ्क तथा वित्तीय संस्थाले ब्याज लिएर कारबाही हुने सर्कुलरमा उल्लेख छ।

वित्तीय सचेतनाका लागि भन्दै राष्ट्र बैङ्कले यस्तो सूचना जारी गरेको हो । दुई करोड रुपैयाँसम्मको खाद्यान्न उत्पादन, पशुपन्छी, मत्यपालन, निर्यातजन्य उद्योग, शतप्रतिशत स्वदेशी कच्चा पदमार्थमा आधारित उद्योग, हस्तकलालगायत व्यवसाय सञ्चालनका लागि आधार दरमा दुई प्रतिशत मात्र थप गरी ब्याजदर लिन पाइने व्यवस्था भएको राष्ट्र बैङ्कले बताएका छ ।

राष्ट्र बैङ्कले गत वर्ष २०७९ साउन १८ गते निर्देशन नै जारी गरी सो व्यवस्था कायम गरेको थियो । सोही निर्देशनविपरीत कसैले पनि बढी ब्याज लिएको पाइएको खण्डमा राष्ट्र बैङ्कलाई जानकारी गराउन पनि भनेको छ ।आधार दरमा दुई प्रतिशतभन्दा बढी प्रिमियम थप गरी ब्याजदर कायम गरेर कर्जा लिएको राष्ट्र बैङ्कलाई खबर गर्न सकिने राष्ट्र बैङ्कले बताएको छ ।