Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

नेपाल सरकारको टाउको दुखाई विषय बनेको ‘क्रिप्टोकरेन्सी’ कारोबार दिनप्रतिदिन बढ्दै

१० हजार नेपालीसँग ४० अर्ब रुपैयाँ बराबरको विटक्वाइ...


नेपाल सरकारको टाउको दुखाई विषय बनेको ‘क्रिप्टोकरेन्सी’ कारोबार दिनप्रतिदिन बढ्दै


काठमाडौं । पछिल्लो समय नेपालमा अवैध मानिएको क्रिप्टोकरेन्सी, हाइपर फण्ड कारोबारीहरू एकपछि अर्को गरी सार्वजनिक भइरहेका छन् ।

सिंगापुरको क्रिप्टो पेमेन्ट गेटवे ट्रिपल ए ले सार्वजनिक गरेको एक प्रतिवदेनअनुसार नेपालमा १.४५ प्रतिशत जनसंख्याको क्रिप्टोकरेन्सीमा लगानी भएको जनाएको छ ।
ट्रिपल ए ले विश्वभर भएका क्रिप्टोकरेन्सी प्रयोगकर्ताहरूको विषयमा हालै जारी गरेको नयाँ प्रतिवेदन अनुसार नेपालमा ४ लाख २३ हजार ८ सय ४० जना क्रिप्टो प्रयोगकर्ताहरू रहेको उल्लेख छ ।

नेपालमा क्रिप्टोकरेन्सी अर्थात् विटक्वाइनको कारोबार अवैध मानिन्छ । नेपाल सरकारले नेपालभित्र नेपाली मुद्रा कारोबार मात्र वैध मानेको छ । नेपाली मुद्राबाहेक अन्य मुद्रा विदेशमा कमाएर ल्याउन पाइन्छ, तर नेपालमा त्यसलाई बैंक वा मनी चेन्जरमार्फत नेपाली मुद्रामा साटेर मात्र कारोबार गर्न पाइन्छ । बिटक्वाइन भने यसैगरी पनि खरिद–बिक्री गर्न पाइँदैन ।
नेपालमा अवैध मानिएपनि विभिन्न समयमा विटक्वाइनको कारोबार भइरहेको पाइएको छ । अवैध विटक्वाइनबाट टेलिकम कम्पनीका मोबाइल फोनमा रिचार्ज हुने गरेको तथ्य खुलेको छ । विटक्वाइनका सबैजसो वालेटबाट नेपाल टेलिकम, एनसेल, स्मार्टसेल, युटिएललगायत कम्पनीका मोबाइल नम्बर रिचार्ज हुने गरेको छ । त्यस्तै, बिटक्वाइनमार्फत् पैसाको अवैध स्थानान्तरण (हुन्डी) पनि हुने गरेको फेला परेको छ ।

राष्ट्र बैंकको अनुसन्धानअनुसार नेपालमा १० हजार नेपालीसँग ४० अर्ब रुपैयाँ बराबरको विटक्वाइन रहेको छ । कालोधनलाई विटक्वाइनमा लगानी गर्ने, सम्पत्ति विदेश लैजान विटक्वाइनको प्रयोग गर्ने, डिजिटल नेटवर्किङमा ठगिने लगायतका कार्यहरु नेपालमा पनि अहिले दिनप्रतिदिन बढ्दै गईरहेको छ ।


के हो त विटक्वाइन?


विटक्वाइन एक प्रकारको कम्प्युटरमा कोडिङमार्फत् बनाइएको एक गोप्य मुद्रा हो । यो मुद्रा कुनै पनि देशको सरकारले छापेको भने होइन । यो इन्टरनेटका प्रयोगकर्ताहरुको विश्वासको आधारमा उनीहरुबाटै सञ्चालित हुन्छ ।

सन् २००८ मा अमेरिकालगायत संसारभरका थुप्रै देशहरुमा ठूलो आर्थिक मन्दी छाएको थियो । त्यसबेला संसारभरका मानिसहरु उनीहरुका सरकार र ठूला बैंकहरुसँग अत्यन्त क्रोधित भएका थिए । मुद्राको पुरानो केन्द्रीकृत प्रणालीमा समस्या छ भन्ने कुरामा धेरै मानिसहरूलाई भान भएको भयो र त्यति नै बेला विटक्वाइनले उचाइ लियो ।


अहिलेको समयमा जोकोहीले पनि क्रिप्टोकरेन्सी खरिद र बिक्री गर्न सक्छ । वेबसाइटमा साइन अप गरेर आफ्नो क्रेडिट कार्ड वा कुनै भुक्तानी माध्यमको विवरण राखेको भरमै जोकोही पनि ‘डिजिटल मुद्रा’को संसारमा छिर्न सक्छ ।
नेपालमा पनि गुप्त रुपमा क्रिप्टोको कारोबार फस्टाएको छ । यसको कारोबारलाई बन्देज लगाउँदै सरकारले यसलाई गैरकानुनी भनिएको छ । केही दिनअघि मात्रै नेपालमा क्रिप्टो कारोबार गर्ने केही व्यक्तिहरु पक्राउमा परेका थिए । त्यसपछि मानिसहरुमा क्रिप्टोकरेन्सी वा विटक्वाइनको बारेमा झन् जिज्ञासा बढेको छ ।

पछिल्लो समय विटक्वाइन गैरकानुनी काममा बढी प्रयोग भइरहेको छ । जुन नेपाल लगागत संसारभरका सुरक्षा निकायहरुका लागि अहिले टाउको दुखाइको विषय बनेको छ ।