काठमाडौं, १९ असार । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। सोमबार राति १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाइएको हो। निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा देशभरको मूल्यमा लिटरको ५ रूपैयाँदेखि साढे सात रूपैयाँसम्म घटाएको छ।
निगमका अनुसार यी तीन पेट्रोलियम पदार्थको भाउ पहिलो वर्गअन्तर्गत साढे सात रूपैयाँ, दोस्रो वर्गअन्तर्गत ६ रूपैयाँ र तेस्रो वर्गअन्तर्गत ५ रूपैयाँ प्रतिलिटर कम गरिएको हो।पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्।
यो क्षेत्रमा अब पेट्रोलको भाउ १६७ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १४७ रूपैयाँ ५० पैसा पर्नेछ। त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १६९ रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १४९ रूपैयाँ पर्नेछ।तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्।
यो क्षेत्रमा अब पेट्रोलको भाउ १७० रूपैयाँ प्रतिलिटर पर्नेछ।त्यस्तै डिजेल र मट्टीतेल १५० रूपैयाँ पर्नेछ।त्यस्तै निगमले हवाई इन्धन ९आन्तरिक० मा लिटरको १४ रूपैयाँ कम गर्दै १३६ रूपैयाँ मूल्य तोकेको छ। बाह्यमा पनि प्रतिकिलोलिटर ११५ अमेरिकी डलर (करिब १५ रूपैयाँ प्रतिलिटर) कम गरेको छ।भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगम सञ्चालक समितिले नयाँ भाउ तोकेको हो।
हालै आइओसीले ग्यासको भाउ प्रतिसिलिन्डर १६१ रूपैयाँ घटाएर पठाएको थियो। तर निगमले ग्यासको भाउ कम नगरी यथावत अर्थात प्रतिसिलिन्डर १८ सय रूपैयाँ नै राखेको छ। निगमका अनुसार यसअघि ग्यासमा प्रतिसिलिन्डर १६० रूपैयाँ घाटा थियो। अब भने निगम घाटा मुक्त भएको छ।
आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफैं कच्चा तेल खरिद गर्दैन। आइओसीबाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ। यसरी पेट्रोलियम किनेबापत् आइओसीले हरेक महिना पन्ध्र,पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउँछ।आइओसीले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ। लागत मूल्यमा आफ्नो प्रशोधन शुल्क लगायत खन्य खर्चहरू जोडेर आइओसीले नेपालको निम्ति बिक्री मूल्य तय गरेको छ ।


 
                             
                                     
	                                         
	                                         
	                                        .jpg) 
	                                         
	                                         
	                                         
                     
                     
                     
                     
                     
                    .jpg) 
                     
                     
                     
                    .jpg)