काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले बजेटले जनताका समस्या अर्थतन्त्रको सकस सम्बोधन गरेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै उनले बजेटले जनअपेक्षालाई सम्बोधन गर्ने र अर्थतन्त्रमा देखिएका समस्या सम्बोधन गर्ने तर्फ प्राथमिकता दिएको बताएका हुन् ।
उनले सवल अर्थतन्त्र निर्माण गर्ने तर्फ बजेट निर्देशित रहेको, जनताको विकास र सम्वृद्धितर्फ बजेटले प्राथमिकता दिएको र निजी क्षेत्रको मनोबल बढाउनतर्फ ध्यान दिएको बताए ।
यस्तै, उनले बजेटले उद्योग प्रवद्र्धन गर्ने, यूवालाई स्वदेशमै राजेगारी सिर्जना गर्ने र स्रोत र साधनको सही सदुपयोग गरी परिणामुखी नतिजा ल्याउने बताएका छन् ।