काठमाडौं । आगामी आर्थिक वर्ष २०८०,८१ का लागि रेसुङ्गा नगरपालिकाका नगरप्रमुखले गुल्मीको रेसुङ्गा नगरपालिकाले झण्डै ७२ करोडको बजेट पारित गरेका छन् ।खिलध्वज पन्थीले ७१ करोड ८८ लाख ७८ हजार ७६० रुपैयाँको बजेट प्रस्तुत गरेको हो । असार ५ गतेदेखि सुरु भएको रेसुङ्गा नगरपालिकाको १३ औँ नगर सभाको पहिलो बैठकमा २३८ बुँदाको नीति तथा कार्यक्रम उनले प्रस्तुत गर्न ।
नारालाई साकार पार्न शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, संस्कृति तथा खेलकुद लगायतका क्षेत्रलाई बजेटमा प्राथमिकतामा राखिएको नगरप्रमुख पन्थीले बताए। प्रस्तुत बजेटमा चालू एवम् साधारण खर्चतर्फ ५४ करोड ६८ लाख ६६ हजार ७६० रुपियाँ र पुँजीगत एवम् विकास बजेटतर्फ १७ करोड २० लाख १२ हजार रुपियाँ उल्लेख छ ।
नगरप्रमुख पन्थीले आर्थिक विकासतर्फ एक करोड १९ लाख, सामाजिक विकासतर्फ ४० करोड ८५ लाख ७१ हजार ७६०, पूर्वाधार विकासतर्फ १५ करोड ९९ लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ७० लाख, संस्थागत तथा प्रशासनिकतर्फ १२ करोड ४५ लाख सात हजार बजेट प्रस्तुत गरे । बजेटमा कृषि र पशुपन्छीतर्फ ९३ लाख रुपैयाँ, सहकारी उद्योग तथा वाणिज्य क्षेत्रको विकासका लागि १७ लाख रुपैयाँ बजेट प्रस्तुत गर्नुभएको छ ।
आगामी आर्थिक वर्षलाई रेसुङ्गा भ्रमण वर्षको रूपमा एक लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको नगरपालिकाले पर्यटन क्षेत्रमा टेवा दिन १३ लाख रुपैयाँ बजेट प्रस्तुत गरेको । नगर क्षेत्रभित्रको शिक्षा क्षेत्रको पूर्वाधार विकास, प्राविधिक शिक्षाको विकास र विस्तार, विद्यालय क्षेत्र सुधार, शिक्षामा गुणस्तर प्रवर्द्धन गर्न सशर्त अनुदान २० करोड ६८ लाख र निशर्त अनुदानतर्फ एक करोड ६५ लाख रुपैयाँ रहेको छ।
सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच बनाउन वडाहरूमा आधारभूत स्वास्थ्य सेवा, स्वास्थ्य चौकीहरूको व्यवस्थापन सुधार, तम्घास अस्पतालको व्यवस्थापनलगायत स्वास्थ्य क्षेत्रको विकासका लागि तीन करोड ५६ लाख ८४ हजार रुपैयाँ रहेको छ । खानेपानी तथा सरसफाइ सम्बन्धी कार्यक्रम सञ्चालकका लागि एक करोड रुपैयाँ छुट्याइएको छ ।
सामाजिक समावेशीकरण संस्कृति प्रवर्द्धन र खेलकुद तथा मनोरञ्जन क्षेत्रको प्रवर्द्धनका लागि ५२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । स्थानीय भौतिक निर्माणका लागि १६ करोड १९ लाख रुपैयाँ बजेट प्रस्तुत हुँदा वातावरण तथा विपद् व्यवस्थापनका लागि ७० लाख प्रस्तुत गरेका छन् । साथै संस्थागत विकास तथा सेवा प्रवाह र सुशासन क्षेत्रमा १२ करोड ४५ लाख रुपैयाँ छुट्याइएको छ ।