Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

विद्युतीय निर्यातको समस्या समाधान हुने अर्थमन्त्रीको भनाई


विद्युतीय निर्यातको समस्या समाधान हुने अर्थमन्त्रीको भनाई

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्युत निर्यातको समस्या समाधान हुने बताउनुभएको छ ।

आइतबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अर्थमन्त्री महतले भारत भ्रमण भएसँगै अब विद्युत निर्यातको समस्या समाधान हुने बताउनुभएको हो ।

उहाँले विद्युत निर्यातको समस्या नहुनुलाई नेपालले ठूलो उपलब्धिको रुपमा लिनुपर्ने बताउनुभयो । अर्थमन्त्री महतले विद्युतको उत्पादन बढाएसँगै आन्तरिक खपत पनि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले विद्युत निर्यातलाई बढाउन सकेमा व्यापार घाटा घट्ने बताउनुुभयो ।

मन्त्री महतले भारत भ्रमण अत्यन्त सौर्हादपूर्ण र उपलब्धिमुलक रहेको भएको बताउनुभयो ।