काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँच प्रतिशत जोखिम व्यवस्थापन गरि कर्जाको पुर्नसंरचना र पुनतालिकीकरण गर्न सुविधा दिएको छ । केन्द्रीय बैंकले निर्देशन जारी गर्दै लघुवित्त संस्थालाई प्रवाह भएकोकर्जालाई पुनसंरचना र पुनतालिकीकरण गर्न सुविधा दिएको हो ।
‘लघुवित्त संस्थाका ऋणीलाई कर्जा चुक्ता गर्न कठिनाई परेको दृष्टिगत गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजकोकम्तिमा ५प्रतिशत रकम असुल गरेर कर्जाको पुनरतालिकीकरण तथा पुर्नसंरचना गर्न सकिनेछ’ निर्देशनमा उल्लेख गरेको छ ।
२०७९ चैत मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएको कर्जालाई मात्र कर्जा भुक्तानी अवधि १ वर्ष थप हुने गरी पुनरतालिकीकरण वा पुर्नसंरचना गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । पुनरतालिकीकरण र पुर्नसंरचना गरिएका कर्जाहरुमा ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने उल्लेख छ । असल वर्गमा रहेको कर्जालाई ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्छ । तर, कर्जाहरुलाई ब्याज नियमित रहेको अवस्थामा आवश्यकता र औचित्यको आधारमा कुनै हर्जाना तथा शुल्क नलाग्ने गरी २०८० असार मसान्तभित्र ३ महिनाको लागि म्याद थप गर्न सकिने छ ।