Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

डिजिटल र हरित अर्थतन्त्र विकास गर्ने अर्थमन्त्रीको भनाई


काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले आगामी बजेट समृद्धी, सुशासन तथा सामाजिक न्याय कायम गर्न लक्षित हुने बताएका छन् । सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०र८१ को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० प्रस्तुत गर्दै उनले तुलनात्मक लाभ उच्च भएका उद्योग प्रवर्द्धन गर्ने डिजिटल र हरित अर्थतन्त्र विकास गर्ने बजेटको उद्देश्य रहेको बताए ।

“आगामी बजेट समिद्धी सुशासन तथा सामाजिक न्याय कायम गर्न लक्षित हुनेछ । प्रतिस्पर्धी क्षमता तथा तुलनात्मक लाभ उच्च भएका उद्योगको प्रवर्द्र्धन गर्ने डिजिटल र हरित अर्थतन्त्र विकास गर्ने युवालाई मुलुकभित्रै आर्थिक गतिविधिमा आवद्ध गर्न प्रेरित गर्ने उद्योमशिलता विकास गर्दै गरिबी न्यूनीकरण गर्ने, सार्वजनिक सम्पत्तिको जर्गेना गर्ने तथा स्रोत र साधानको प्रभावकारी एवम् परिणाममुखी बनाउने दिशामा बजेट उन्मुख रहेको छ,” उनले भने ।