Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

१७ खर्ब १५ अर्ब रुपैयाँ हाराहारीको बजेट प्रस्तुत हुँदै आज, कर्मचारीको तलब नबढ्ने

मूल्यवृद्धि दर ७ प्रतिशतमा नै कायम


१७ खर्ब १५ अर्ब रुपैयाँ हाराहारीको बजेट प्रस्तुत हुँदै आज, कर्मचारीको तलब नबढ्ने

काठमाडौं । दोस्रो चरणको आर्थिक सुधारलाई प्राथमिकतामा राख्दै सरकारले आज अपराह्न ४ बजे १७ खर्ब १५ अर्ब रुपैयाँ हाराहारीको बजेट प्रस्तुत गर्ने भएको छ ।


अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने भएको हो ।


बजेटमा भन्सार राजस्व र रेमिटेन्समा निर्भर रहेको अर्थतन्त्रलाई पुनर्संरचना गर्ने कार्यक्रमहरु प्रस्तुत गर्नुका साथै वैदेशिक लगानीलाई प्रोत्साहित गर्दै लगानी सीमा पुनरावलोकन गरिने छ । त्यस्तै बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धि लक्ष्यलाई साढे ६ प्रतिशत कायम गर्ने लक्ष्य राखिएको छ । मूल्यवृद्धि दर ७ प्रतिशतमा नै कायम गर्ने सरकारको योजना छ ।


यो वर्षको बजेटमा सरकारी कर्मचारीको तलब सुविधा भने यथावत नै रहने भएको छ । महँगी भत्तालाई निरन्तरता दिइने छ । यसपालि जागिरेहरुका लागि आयकरको सीमालाई यथावत राखिएको छ । अलिक बढी मौद्रिक नीतिको भर खोजेको छ । राष्ट्र बैंकलाई सरकार प्रति लचिलो बनाउने नीति पनि बजेटमा राखिएको स्रोतले दाबी छ ।


सरकारले केही कानुनको खारेज गर्दै विद्यमान कानुनहरु पुनरावलोकन गर्ने बजेटमार्फत घोषणा गर्नेछ । कृषिमा दिइएको अनुदानमा केही कटौती हुने छ भने सामाजिक सुरक्षा भत्ता वितरणको संरचनामा पनि परिवर्तन गर्न खोजिएको स्रोतले जनाएको छ ।