Friday, November 21, 2025

२०८२ मंसिर ६, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कोप–३० सम्मेलन आयोजना स्थलमा आगलागी, सहरका बासिन्दालाई सुरक्षित स्थानमा सारियो


कोप–३० सम्मेलन आयोजना स्थलमा आगलागी, सहरका बासिन्दालाई सुरक्षित स्थानमा सारियो

काठमाडौं । ब्राजिलको बेलेममा आयोजित संयुक्त राष्ट्रसंघको जलवायु सम्मेलन कोप–३० आयोजना स्थलमा आगलागी भएको छ । आगलागीपछि बेलम सहरका बासिन्दालाई बाहिर निकालिएको छ ।

बीबीसीका पत्रकारहरू (जसमध्ये जलवायु सम्पादक जस्टिन रोलाट पनि थिए) ले पभिलियन क्षेत्रमा आगो र धुवाँ देखेपछि उनीहरूलाई तुरुन्तै बाहिर निकालिएको जानकारी दिएका छन् ।

संयुक्त राष्ट्र संघका अधिकारीहरुका अनुसार आगो ६ मिनेटमै निभाइएको थियो । १३ जना धुवाँको असरका कारण बिरामी परेका छन् । उनीहरुको उपचार भइरहेको बीबीसीले जनाएको छ । संयुक्त राष्ट्रसंघको सम्मेलन आयोजक समितिका अनुसार उनीहरूको स्वास्थ्य अवस्थामाथि निगरानी भइरहेको छ र आवश्यक चिकित्सकीय सहयोग प्रदान गरिएको छ ।
 
 
आगलागीका कारण सम्मेलन रोकिएको छ । वार्ताकारहरू जलवायु संकट सामना गर्न अन्तर्राष्ट्रिय प्रयास बलियो बनाउने समझदारी टुंग्याउने तयारी गरिरहेका बेला अवरोध आएको हो ।

आयोजकले भनेको छ, ‘सम्मेलनस्थलको ब्लु जोनमा आगलागी भएको थियो । दमकल र युएन सुरक्षाकर्मीहरू तत्कालै परिचालन भएर आगो करिब ६ मिनेटमै नियन्त्रणमा ल्याइयो । मानिसहरूलाई सुरक्षित रूपमा बाहिर निकालियो ।’

आगलागीको कारण भने अझै खुलेको छैन । आगलागीको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन् । स्थानीय दमकल विभागलाई उद्धृत गर्दै रोयटर्सले जनाए अनुसार सम्भवत: कुनै विद्युतीय उपकरण (शायद माइक्रोवेभ)बाट आगो लागेको हुनसक्ने अनुमान छ ।