Thursday, November 20, 2025

२०८२ मंसिर ५, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सहकारी समस्या छलफलबाट समाधान गर्न समस्याग्रस्त समितिको सुझाव

अनर्गल प्रचार गरिएको भन्दै ध्यानकर्षण


सहकारी समस्या छलफलबाट समाधान गर्न समस्याग्रस्त समितिको सुझाव

काठमाडौं । सहकारी बचतकर्ताको बचत फिर्ता समस्या समाधान आन्दोलन भन्दा छलफलबाट आउने समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सुझाव दिएको छ । समितिले बचतकर्ताको बचत फिर्ता गर्न ऋणीको ऋण असुली हुनुपर्ने भएकाले त्यसतर्फ दबाब सिर्जना गराउन समेत सुझाव दिएको हो ।

सहकारी ऐन २०७४ बमोजिम गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले नेपाल सरकारबाट समस्याग्रस्त घोषित २३ सहकारीको दायित्व र सम्पत्ति व्यवस्थापनको काम गर्दै आएको छ ।

समितिले पीडित बचतकर्ताको बचत फिर्ता गर्दै पनि आएको छ । पछिल्लो समय समिति विरुद्ध अनर्गल प्रचार गरिएको भन्दै उसले ध्यानकर्षण समेत गराएको छ ।

समस्याग्रस्त सहकारीमा तेस्रो पक्षको जग्गा मिलानबाट हालसम्म कुनै पनि ऋण वा दायित्व फरफारक नभएको समितिले स्पष्ट पारेको छ । स्थापनाकालदेखि समितिले आर्थिक वर्ष २०८०/८१ असार मसान्तसम्म ८३ करोड ६५ लाख २० हजार ८ सय ७४ रुपैयाँ बराबर बचत फिर्ता/मिलान गरेको छ ।

समितिले काम सुरु गरेपछि २०८१/८२ असार मसान्तसम्म जम्मा ३ हजार ६ सय ८९ जना मागदाबीकर्ताको सम्पूर्ण रकम मागदाबी फरफारक गरेको छ । यो अवधिमा विभिन्न सहकारीका ५६ हजार १ सय ६ बचतकर्तालाई पहिलो चरणमा ३५ करोड ८२ लाख ८ हजार १ सय २८ आंशिक रूपमा फिर्ता गर्ने प्रक्रिया चलिरहेको समितिले जनाएको छ । यो अवधिमा जम्मा ३ अर्ब २९ करोड ८४ हजार ७ सय ८० बचत रकम मिलान तथा दामासाहीले हुन आउने रकम बैंकमार्फत नगद वितरण भएको समितिले जनाएको छ ।

यस्तै सञ्चालक, व्यवस्थापक तथा लेखा समितिका सबै सदस्यको चलअचल सम्पत्ति रोक्का गरिनुका साथै ऋण तिर्न बाँकी ११ हजार ऋणीको समेत बैंक खाता तथा चलअचल सम्पत्ति रोक्का गरिएको छ । बाँकी ऋणीको समेत बैंक खाता तथा सम्पत्ति रोक्का राख्ने प्रक्रियालाई निरन्तरता दिइएको समितिले जनाएको छ ।

२६ कात्तिकदेखि समितिले स्वयं व्यक्तिको बचत तथा एकाघरका परिवारको आपसी मिलान बाहेक अन्य ऋणी र बचतकर्ताको मिलान कार्य सम्पूर्ण रूपमा स्थगन गरेको छ । हालको परिस्थितिमा पीडित बचतकर्ताको बचत फिर्ता कसरी गर्ने भनी विभिन्न विधि अपनाइ ऋणीबाट ऋण उठाउने अथक प्रयास भइरहेको समितिले जनाएको छ ।