काठमाडौं । लुम्बिनी लायन्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ ।पहिलो संस्करणमा एक खेल मात्र जितेर अन्तिममा रहेको लुम्बिनीले यस संस्करणमा भने पहिलो खेलमै जित हात पार्दै सुखद सुरुवात गरेको हो ।
अष्ट्रेलियन खेलाडी डार्शी सट ११ रन बनाएर आउट भए । बलिङमा चितवनका रिजन ढकालले २ विकेट लिए । त्यसअघि रबि बोपाराले लगातार दोस्रो खेलमा अर्धशतक प्रहार गरेपछि चितवन राइनोजले नेपाल लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य दिएको थियो ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४२ रन बनाएको हो । बोपाराले ५५ बल खेल्द ४ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ६६ रन बनाए । अनुभवी खेलाडी बोपाराले यसअघि कर्णाली याक्स विरुद्ध ५२ रन बनाएका थिए । यस्तै कप्तान कुशल मल्लले २१ रन जोडे । सैफ जैबले १५, देव खनालले १५ र दिपक बोहरा १० रन बनाएर आउट भए ।
बलिङमा लुम्बिनीका नामिबियन खेलाडी रुबेन ट्रम्पलम्यानले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । यस्तै युवा स्पीनर अभिशेष गौतमले ३ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । गुल्बादिन नइबले ४ओभरमा ३३ रन खर्चेर २ विकेट लिए ।
चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई हराउँदै विजयी सुरुवात गरेको थियो । तर, दोस्रो खेलमा भने लुम्बिनिसँग पराजित भयो ।
