काठमाडौँ । क्यानडा पठाउने भनी छ लाख रुपियाँ ठगी गर्ने २० वर्षीय आसमान विक पक्राउ परेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार उनी बेरोजगारी युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि क्यानडा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाइ सम्पर्कविहिन बनेका थिए ।
स्थायी घर काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका– ९ भइ हाल ललितपुर बस्दै आएका विक काठमाडौँ महानगरपालिका–११ बाट पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार उनीमाथि थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग, ताहचल पठाइएको छ ।
