Wednesday, November 19, 2025

२०८२ मंसिर ४, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

भागेर थाइल्यान्ड पुगेका ३७ नेपालीलाई स्वदेश फर्काइयो


भागेर थाइल्यान्ड पुगेका ३७ नेपालीलाई स्वदेश फर्काइयो

काठमाडौ । म्यानमारबाट भागेर थाइल्यान्ड पुगेका ३७ नेपालीलाई स्वदेश फर्काइएको छ । म्यानमारका सुरक्षाकर्मीले छापा मारेपछि भागेर थाइल्यान्ड प्रवेश गरेका उनीहरूलाई नेपाली दूतावास थाइल्यान्डले विभिन्न निकायसँग समन्वयमा स्वदेश फर्काइएको हो ।

त्यसैगरी म्यानमारको म्यावडीमा रहेका थप २३, थाइल्यान्डको मेसोटमा रहेका २ र कम्बोडियामा रहेका ४ जना गरी २९ जनालाई चाँडै स्वदेश फर्काइने दूतावासले जनाएको छ ।

उनीहरू आकर्षक रोजगारी प्रलोभनमा परी विभिन्न माध्यमबाट म्यानमार पुगी अवैधरूपमा सञ्चालन भएका अनलाइन स्क्यामिङ केन्द्रमा काम गर्दै आएका थिए ।उनीहरू अनलाइन डेटिङ, अनलाइन क्यासिनो, गेमिङ तथा फिसिङ, क्रिप्टो ठगी लगायत काममा संलग्न रहेको पाइएको थियो । ती क्षेत्रमा म्यानमार प्रहरीले छापा मारेपछि उनीहरू भागेर थाइल्यान्ड पुगेका थिए ।

नेपाल फर्काउन बाँकी २९ जनालाई म्यानमार, कम्बोडिया तथा थाइल्यान्डका सम्बन्धित निकायसँग समन्वय भइरहेको दूतावासले जनाएको छ ।

नेपाल सरकारले तोकेको मापदण्ड बमोजिम श्रम स्वीकृति लिएरमात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभले कम्बोडिया, लाओस, म्यान्मार, थाइल्यान्ड लगायत देशमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नआउन दूतावासले अनुरोध गरेको छ ।