Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सहकारीमा दोहोरो, तेहेरो पद ! समस्या कि अवसर ? विभागको ६ महिने अल्टिमेटम


सहकारीमा दोहोरो, तेहेरो पद ! समस्या कि अवसर ? विभागको ६ महिने अल्टिमेटम

काठमाडौं । सहकारी विभागले यहि २४ गते सहकारी संस्थामा दोहोरो, तेहेरो पदमा रहेकाहरुकालागि ६ महिनाको अवधि थप गरेको छ । यसअघि सहकारी विभागले असार १९ गते निर्देशन जारी गरी ३० दिन भित्र दोहोरो पदको कार्यान्वयन गर्न भनेको थियो । जसका कारण एकै व्यक्ती विभिन्न सहकारीमा छन् भने उनको पद ६ महिना ढुक्कले रहने छ । तर, यो अवसर नभई सहकारीकर्मीका लागि समस्या बन्दै गएको छ । पछिल्लो समय सहकारी संस्थामा देखिएको आर्थिक तरलता र निक्षेप फिर्ताको माग बढ्दै जादा सहकारी संस्थाहरुलाई त्यसको व्यवस्थापनमा हम्मेहम्मे परिरहेको छ । सहकारी संस्थाहरुमाथि आइरहेको समस्या मध्ये दोहोरो पद पनि एक भएको निश्कर्ष सहित राज्यले यसको नियमन गर्न थालेको हो ।


सहकारी ऐन २०७४ को दफा ४१(५) को प्रावधान कार्यान्वयन विभागले निर्देशन जारी गरेको हो । सहकारी संघसंस्थाले आफ्नो बार्षिक साधारण सभा मार्फत सञ्चालक निर्वाचित गर्ने तथा हटाउन सक्ने सहकारी ऐन २०७४ को दफा ३८ को खण्ड (घ) को व्यवस्था र त्यस्तो साधारण सभा प्रत्येक आर्थिक वर्ष समाप्त भएको छ, महिना भित्र बोलाउनु पर्ने सहकारी ऐन २०७४ को दफा ३९ (२) को कानुनी व्यवस्था लाई समेत मध्यनजर गरी विभागको उक्त निर्देशन आगामी पौष मसान्तसम्ममा कार्यान्वयन गर्न गराउन सूचनामा उल्लेख छ ।
राष्ट्रिय सहकारी महासंघले २०८१ साउन २३ गते सहकारी विभागलाई सो निर्देशन कार्यन्वयनको म्याद पौष मसान्तसम्म कायम गर्न अनुरोध गरेको थियो ।’

महासंघको उक्त कार्यप्रति सहकारीकर्मीहरुले नै असंतुष्टि ब्यक्त गरेका छन् । सहकारी महासंघले संघमा भएका एक दर्जनभन्दा बढी दोहोरो तेहोरो पद लिएका र पार्टीका कार्याकर्ता जोगाउने तर कानुन कार्यान्वयन गर्न पहल नगरेको भन्दै बिरोध हुनथालेको हो । यसको विरुद्धमा सामाजिक सञ्जालमा कतिले यस विषयमा बालेका छन् ।

सहकारीमा दोहोरो पद ?
मूख्यगरी सहकारीमा दोहोरो पद धारण गर्नेहरुले सहकारीका मर्म विपरित कार्य गरेको भन्दै आलोचना नभएको होइन । त्यसमापनि दोहोरो पदको आडमा सहकारी संस्थाको रकम अपचलन भएको भन्दै यसअघि विभागले पटक—पटक ध्यानाकर्षण गराएको थियो । ऐनमा पनि स्पष्ट नभएकाले यसको फाइदा लिने गरेको कतिको भनाई छ । सहकारी ऐन २०७४ को दफा ४१ (५) मा कुनै व्यक्ति एकै समयमा एकमात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था गरेको छ ।

तर, एकै प्रदेश वा एकै जिल्ला भन्ने प्रष्ट छैन । त्यसैले पनि अधिकांस सहकारी सञ्चालक एक जिल्लाबाट अर्काे जिल्ला, एक प्रदेशबाट अर्काे प्रदेशमा जिम्मेवारी दिने गरेका छन् । विभागको निर्देशन अबको ६ महिनाको समय भित्र दोहोरो पद छाड्नु पर्ने छ । तर, सहकारीकर्मीहरुले यसलाई कार्यान्वयन गर्नेमा ढुक्कता छैन् । किन भने यस निर्णयको विरुद्धमा स्वयम राष्ट्रिय सहकारी महासंघनै विपक्षमा छ ।

किन न कि यस अघि ३० दिनको सूचना प्रकाशित गरेको विभागले सहकारी सञ्चालक तथा अभियानको दवाब झेल्न नसकेपछि ६ महिनाको समय थप दिएको हो । आर्थिक बर्ष सकिएको छ महिना भित्र सहकारी संघ संस्थाहरुले बार्षिक साधारण सभा गरिसक्नु पर्ने कानुनी व्यवस्था छ । सोही साधारणसभा मार्फत दोहोरो वा तेहेरो पदमा रहेका सहकारीका सञ्चालकहरुले राजिनामा दिई एउटा मात्र संस्थाको सञ्चालक बस्नुपर्ने विभागले जनाएको छ ।

विभागले दोहोरो पदमा बस्न पाउने समय छ, महिना थपिदिए पछि राष्ट्रिय सहकारी महासंघले त्यसको स्वागत गरेको छ । दोहोरो सदस्यताको विषयमा आफ्नो प्रष्ट धारणा सार्वजनिक गरेको महासंघले दोहोरो सञ्चालकको पदको सन्दर्भमा भने विरोध जनाउँदै विभागलाई ध्यानाकर्षण समेत गराएको थियो ।
एक सहकारीकर्मीले भने, दोहोरो पदकै कारण जीबी राई जस्ता व्यक्तीले विभिन्न जिल्लामा सहकारी संस्थाको स्थापनागरि ठुलो रकम संकलन गरे । जसले अहिले सिंगो सहकारी संस्थाहरु समस्यामा परेका छन् । त्यस्तै धेरै त्यस्ता सहकारीहरु सञ्चालक छन् जसले दोहोरो पदकै फाइदा लिइरहेका छन् । हुन त, दोहोरो पदका विषय सतहमा उठ्दै गर्दा दोहोरो सदस्यताको विषय पनि नउठेको होइन यस विषयमा सम्बन्धीत निकायको ध्याना जान आवश्यक छ ।