Friday, November 29, 2024

२०८१ मंसिर १४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कीर्तिपुरमा काँग्रेसलाई सकस, नगरप्रमुख उम्मेदवार कृष्णमान डंगोललाई जित्नै पर्ने दवाव

उपनिर्वाचन विशेष


कीर्तिपुरमा काँग्रेसलाई सकस, नगरप्रमुख उम्मेदवार कृष्णमान डंगोललाई जित्नै पर्ने दवाव

काठमाडौं । स्थानीय तह उपनिर्वाचनको मतदान प्रतिक्रिया आउन केहि घण्टामात्रै बाँकी रहँदा काँग्रेस उम्मेदवार कृष्णमान डंगोललाई जित्नै पर्ने दवाव बढेको छ । कीर्तिपुरको स्थानीय तह नेतृत्वका धेरै पछि प्रवेश गरेको नेपाली काँग्रेसले गत निर्वाचनमा बहुमत प्राप्त गर्दा अहिले हुन लागेको उपनिर्वाचनमा जित्नै पर्ने दवाव बढेको हो ।

त्यसकालागि अहिले नेता कार्यकर्ता र ८ वटै वडाका वडा अध्यक्ष निरन्तर खटिरहेका छन् । काँग्रेसले गत निर्वाचनमा कम्यूनिष्टहरुको गढ ढाल्दै ९ वटा वडा र नगरप्रमुखमा जित हासिल गरेको थियो । अहिले सोहि विरासत जोगाउन काँग्रेसलाई हम्मेहम्मे पर्ने देखिएको छ । ८ वटै वडामा काँग्रेसको बुहमत हुँदा उपनिर्वाचनमा नगरप्रमुखमा पराजित भोग्नु काँग्रेसकालागि आगामी चुनावकालागि राम्रो संकेत होइन ।

त्यसकारण पनि काँग्रेसलाई यस पटक जित्नै पर्ने दवाव बढेको एक वडा अध्यक्षले बताए । उनले भने, ‘अहिले उपप्रमुख जसपाकी हुनुहुन्छ, भोली फरक पार्टीको प्रमुख आए नगरपालिकाभित्र थप राजनीतिक हुन्छ, तर, काँग्रेसले चुनाव जिते विकासका कामहरुमा थप सहजता आउछ भन्ने लाग्छ’ ।

कीर्तिपुरको उपनिर्वाचनमा उनले भने जस्तो यस पटक छैन् । काँग्रेसका डंगोल भन्दा एमाले, माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवारको चर्चा बढी छ ।
माओवादी केन्द्र र एमालेले प्राज्ञिक व्यक्तीलाई उम्मेदवार बनाउदा काँग्रेसले नगर सभापतिलाई उम्मेदवार बनाएको छ । त्यसमा ११ जना स्वतन्त्र उम्मेदवार छन् । जुन दलहरुका लागि चुनौती बनिरहेका छन् । मतदानको दिन नजिकिदै गर्दा अहिले कीर्तिपुरमा काँग्रेस उम्मेदवार डंगोललाई किन मत दिने ? भन्ने प्रश्न पनि उठिरहेको छ ।

काँग्रेस नगरसभापति डंगोलले कीर्तिपुरको विकासकालागि खास्सै योगदान नगरेको र यसअघि काँग्रेसलाई बहुमत दिदा पनि आवश्यक विकास नभएको तर्क अहिले चिया चौतारामा सुनिन्छ । एउटा सामान्य निजी स्कुलका प्रिन्सिपल डंगोलले स्थानीय तहमा पार्टीको बहुमत हुँदा पनि कीर्तिपुरको विकास, शुसासनमा भूमिका नखेलेको आम जनताको गुनासो हो । कीर्तिपुरको चुनावी माहोल हेर्दा यसपटक भने काँग्रेस कमजोर देखिन्छ ।


एउटा त, काँग्रेसले उम्मेदवारको चयन राम्रो गर्न नसक्नु र कीर्तिपुरका मतदाताले कस्तो नेतृत्व चाहान्छन् भन्ने पहिचान गर्न नसक्नु भन्दै केहि काँग्रेसीले गुनासो गर्दै आइरहेका छन् । कीर्तिपुरमा अहिले बौद्धिकताको विषय उठ्दै आइरहेको छ । एमालेले पिएचडी गरेको कानुनका जानकार डा.सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाएको छ । भने माओवादी केन्द्रले प्राज्ञिक व्यक्ति प्राडा शिवशरण महर्जनलाई उम्मेदवार बनाएको छ ।


स्थानीय तहको जनप्रतिनिधिमा प्राज्ञिक व्यक्तित्व आवश्यक रहेको भन्दै उम्मेदवारको चर्चा भइरहेको हो । यसअघि कांग्रेसकै मेयर, काँग्रेसकै मतले विजयी भएकी उपमेयर र १० मध्ये ९ वडामा काँग्रेसकै बहुमत नेतृत्व हुँदा नगरमा डंगोलको भूमिका एउटा मतदाता भन्दा फरक नभएको स्थानीयको भनाई छ । यस हिसावले काँग्रेसले मत नपाउने हो कि ? भन्ने चिन्ता छ । त्यसपनि सुरुमा कीर्तिपुरको उपनिर्वाचनमा स्वर्गीय मेयर राजकुमार नकर्मीकी पत्नी जमुना नकर्मीलाई उम्मेदवार बनाउने भन्ने चर्चा थियो ।


अन्तिममा उम्मेदवार दर्ता हुनु एक दिनअघि मात्रै काँग्रेसले नकर्मीको नाम सार्वजनिक गरेको थियो । जसको आलोचना समाजिक सञ्जालमा नभएको होइन । कीर्तिपुरका स्थानीयले जमुनालाई मतदान गर्न सक्थे भन्ने चर्चा अहिले पनि छ । तर, दलहरुका विकल्पमा उठेको स्वतन्त्रको आवाज कीर्तिपुरमा थप बलियो हुँदै गएको छ । काँग्रेसलाई कीर्तिपुर प्रमुख र वडा नं.४ र १ मा थप सकस हुने देखिएको एक स्थानीयले बताए ।


त्यसपनि अहिले कीर्तिपुरमा एमालेसँगको सत्ता गठबन्धन मुख्य कारण बन्ने देखिएको छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध खनिएको सरकार । काँग्रेसकै गृहमन्त्री हुनु र उस्तै प्रकृतिका घटनामा आफ्ना नेता बचाउनु र अन्यलाई प्रहरीको कष्टडीमा पुर्याउनुलाई स्थानीय तह उपनिर्वाचनको मतपरिणामा प्रभाव पार्ने कतिको आंकलन छ । स्वर्गीय मेयर राजकुमार नकर्मी २०७४ सालको स्थानीय तह निर्वाचनमा पराजित भएपछि पुनः २०७९ मा चुनाव जितेका थिए । सो समय एमालेले केशरत्न बज्राचार्यलाई उम्मेदवार बनाएको थियो ।


उनको कार्यशैलीका कारण मत विभाजन भएको एमालेकै कतिपय नेताहरुको भनाई छ । तर, अहिले त्यस्तो छैन काँग्रेस एक्लै चुनावमा होमिदा माओवादी, एकिकृत समाजवादी, जसपा र केहि पुराना माओवादीको साथ डा.शिवशरण महर्जन लाई छ । एमाले एक्लै चुनाव लड्दा उसकै भोट काट्न स्वतन्त्र उम्मेदवार राजमान महर्जन मानव प्रतिस्पर्थामा छन् । उनको चर्चा धरानका मेयर हर्क साम्पाङका कारण थप चुलिएको छ । अर्काे विगतका केहि काँग्रेस र रास्वपा समर्थक कार्यकर्ता स्वतन्त्र उम्मेदवार कवि कुमार महर्जनको चुनावी प्रचारमा देखिएका छन् । जसले गर्दा काँग्रेसको मत विभाजन हुने संकेत छ ।