Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

आर्थिक मन्दीका बेला त्रिवेणी ग्रुपले ल्यायो चामल उद्योग सञ्चालनमा


आर्थिक मन्दीका बेला त्रिवेणी ग्रुपले  ल्यायो चामल उद्योग सञ्चालनमा

काठमाडौं, आर्थिक मन्दीका कारण नयाँ उद्योग सञ्चालन हुन नसकिरहेको बेला व्यावसायिक घराना त्रिवेणी ग्रुपले अमृत ब्रान्ड चामलको उत्पादन सुरू गरेको छ।ग्रुपले वीरगञ्जमा त्रिवेणी राइस इन्डष्ट्री प्रालि सञ्चालनमा ल्याएको हो।६ महिनाअघि नै उद्योग सञ्चालन गर्ने लक्ष्य राखिए पनि आर्थिक मन्दीका कारणले ढिलाइ भएको ग्रुपका निर्देशक साकेत संघइले बताए। चामल तिहार अघिबाट बजारमा आउने बताइएको छ।हाम्रो चाहना दसैंअघि नै बजारमा चामल पुर्‍याउने थियो, नयाँ धानको पर्खाइमा रहँदा केही ढिला हुन पुग्यो। निर्देशक संघईले भने, उत्पादन भएको चामलको मूल्य भने निर्धारण भएको छैन।

बजार माग अनुसार चलनचल्तीकै मूल्यमा चामल बिक्री हुनेछ।३० करोड रुपैयाँ लगानीमा निर्माण भएको राइस मिलबाट अमृत ब्रान्डमा प्रिमियम जिरा मसिनो र प्रिमियम सोना मन्सुली चामल उत्पादन भइरहेको छ। प्रतिघन्टा ८ टन धान कुट्न सक्ने क्षमता राइस मिलको छ। धान कुटेका आधारमा ५० प्रतिशतमात्र चामल हुन्छ। प्रतिघन्टा ८ टन धान कुट्दा ४ टनमात्र चामल उत्पादन हुने उद्योगले बताएको छ।उद्योगले नेपाली धानबाट चामल उत्पादन गर्ने नीति लिएको छ।

पछिल्लो समय नेपालमा धान उत्पादन घट्दै गएको कारण भारतबाट आयात गर्नुपर्ने बाध्यता छ। अहिले ठूलो परिमाणमा भारतबाट धान आयात भइरहेको छ। भारतबाट धान आयात कम गर्न किसानहरूसँग सहकार्य गरेर उत्पादन बढाउने योजना उद्योगको छ।नेपाली किसानले नै उत्पादन गरेको धानबाट चामल बिक्री गर्ने उद्देश्य राखेको बताउँदै सरकारले पनि धान उत्पादन गर्नेहरूलाई विशेष सहुलियत दिनुपर्ने निर्देशक संघइको भनाइ छ।

अहिले सञ्चालनमा रहेका राइस मिलमा ७० प्रतिशत धान भारतबाट आउने गरेको छ। भारतले चामल निर्यातमा रोक लगाएपछि अहिले नेपाली बजारमा मूल्यवृद्धि भइरहेको छ।चामल निर्यात बन्द भएको मौका छोपेर व्यापारीले मूल्य बढाइरहेका छन्। यही बेला अमृत चामल बजार आउँदा मूल्य केही कम हुनसक्ने अनुमान गरिएको छ।