काठमाडौं । सातै प्रदेशका मुख्यमन्त्रीहरूले निर्वाचनको वातावरण निर्माणका लागि अन्तिम सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आईतबार सातै प्रदेशका मुख्यमन्त्रीहरूसँगको बैठकमा उनिहरुले यस्तो प्रतिवद्धता जनाएका हुन ।
प्रधानमन्त्री कार्कीले राजनीतिक दलसहित सबै पक्षसँग संवाद र छलफल अघि बढाएकामा सह्राना गर्दै उनीहरूले निर्वाचनका पक्षमा वातावरण बनाउन यी कदम फलदायी बन्ने विश्वास पनि व्यक्त गरे । मुख्यमन्त्रीहरूले निर्वाचनको प्रमुख चुनौती शान्ति सुरक्षाको विषय रहेकाले यसमा गम्भीरतासाथ लाग्नुपर्ने धारणा राखेका थिए ।
