Sunday, July 06, 2025

२०८२ असार २२, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

एनआइसी एसिया म्युचुअल फन्डका प्रतिफल दिने घोषणा


एनआइसी एसिया म्युचुअल फन्डका प्रतिफल दिने घोषणा

काठमाडौं, एनआइसी एसिया क्यापिटल लिमिटेडले आव २०७९,८० का लागि विभिन्न सामूहिक लगानी कोषहरूको प्रतिफल घोषणा गरेको छ । कम्पनीले सञ्चालक समिति बैठकले एनआइसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित योजनाहरूमध्ये एनआइसी एसिया ग्रोथ फन्डले इकाइधनीलाई १०.५० प्रतिशत र एनआइसी एसिया ब्यालेन्स्ड फन्डले १० प्रतिशतका दरले नगद प्रतिफल दिने घोषणा गरेको हो।यो प्रतिफल करसहित भएको कम्पनीले बताएको छ।

एनआइसी एसिया ग्रोथ फन्डले पहिलो वर्ष १० प्रतिशत, दोस्रो वर्ष १२ प्रतिशत, तेस्रो वर्ष ३० प्रतिशत, चौथो वर्ष १३ प्रतिशत दिएको तथा पाँचौँ वर्ष अर्थात् आव २०७९.८० को लागि घोषणा गरेको १०.५० प्रतिशत सहित हालसम्म ७५.५० प्रतिशत प्रतिफल दिइसकेको बताइएको छ।

त्यस्तै, एनआइसी एसिया ब्यालेन्स्ड फन्डले सञ्चालनमा आएको पहिलो वर्ष ८ प्रतिशत, दोस्रो वर्ष ३० प्रतिशत, तेस्रो वर्ष १३ प्रतिशत र चौथो वर्ष अर्थात् आव २०७९,८० का लागि घोषणा गरेको १० प्रतिशतसहित हालसम्म ६१ प्रतिशत नगद प्रतिफल वितरण गरिसकेको बताएको छ। क्यापिटलले हाल म्युचुअल फन्ड, सेयर रजिस्ट्रार, निष्कासन तथा बिक्री प्रबन्ध, सेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेन्ट बैंकिङ तथा इन्भेस्टमेन्ट बैंकिङसम्बन्धी सेवाहरू प्रदान गर्दै आइरहेको बताएको छ।