Friday, October 03, 2025

२०८२ आश्विन १७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

‘नांगो गाउँ’कस्तो चलचित्र हो ?


‘नांगो गाउँ’कस्तो चलचित्र हो ?

काठमाडौं । दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्म ‘नांगो गाउँ’ को छायांकन सकिएको छ । निर्देशक लामाले सामाजिक सञ्जाल फेसबुकमा मंगलबार तस्बिरहरू सार्वजनिक गर्दै ३३ दिनमा फिल्मको छायांकन सकिएको जनाएका हुन् ।

दयाहाङ राई, मिरुना मगर, कर्मा, साम्राज्ञी शाह, शिशिर वाङ्देल, बुद्धि तामाङ, रवीन्द्र झा, विशाल पहाडी, अंकित खड्का, राज थापा, कमलमणि नेपाल, पुष्कर गुरुङ, शारदा गिरी, घनुभाइ जोशी, निमा पाण्डे, सविन बाँस्तोला, शंकर आचार्य, केशव राई, इष्टु कार्की, ताण्डव, रामकाजी घिमिरेलगायतका कलाकारले अभिनय गरेका छन् ।

मनिष्मा फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मको निर्माता हिमाल शर्मा हुन् । फिल्मको छायांकन आलोक शुक्लाले गरेका हुन् । वनिश शाहले सम्पादन गर्ने फिल्म आगामी भदौ २९ गतेदेखि रिलिज हुने जनाइएको छ ।