काठमाडौं । आज शुक्रवार देखि नेपालका सिनेमा घरमा दुई नयाँ नेपाली फिल्म ‘जारी–२’ र ‘मन बिनाको धन’ प्रदर्शनमा आएका छन् । उपेन्द्र सुब्बाको निर्देशन रहेको फिल्म ‘जारी–२’ करिब २ सय शो सहित प्रदर्शनमा आएको छ । केही वर्ष अघिको व्यवसायिक सफल फिल्म ‘जारी’को सिक्वेलको रूपमा निर्माण भएको यो फिल्मको बिहीबार साँझ काठमाडौँमा प्रिमियर भएको थियो ।
फिल्म ‘जारी २’ मा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, सिर्जना निङ्लेखु लगायतको अभिनय छ ।
यसैबीच, टंक बुढाथोकी निर्देशित ‘मन बिनाको धन’ बालगायकको रूपमा भाइरल असोक दर्जीको जीवनकथामा बनेको हो । फिल्मले अशोकको साङ्गीतिक सङ्घर्ष तथा सफलताको कथा प्रेरणाको रूपमा देखाएछ ।
