Monday, November 17, 2025

२०८२ मंसिर २, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

दसैँको फूलपाती: ‘माइतीघर’, ‘हरिबहादुरको जुत्ता’ र ‘बलिदान’ प्रदर्शनमा


दसैँको फूलपाती: ‘माइतीघर’, ‘हरिबहादुरको जुत्ता’ र ‘बलिदान’ प्रदर्शनमा

काठमाडौं । दसैँलाई चलचित्रको व्यापार बनाएका निर्माताले एकै पटक तीन नेपाली चलचित्र प्रर्दशनमा ल्याएका छन् । दसैँको फूलपातीको अवसर पारेर सोमबार देशभर तीन नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका हुन ।

‘माइतीघर’, ‘हरिबहादुरको जुत्ता’ र ‘बलिदान’ प्रदर्शनमा आएका हुन् । तीन फिल्म मध्ये ‘माइतीघर’ तथा ‘हरिबहादुरको जुत्ता’ ले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट ‘यूनिभर्सल’ सबैले हेर्न मिल्ने सर्टिफिकेट पाएको छ भने ‘बलिदान’ ले भने पिजी सर्टिफिकेट भएको छ । यो फिल्म हेर्न १६ वर्षभन्दा कम उमेर समूहका दर्शकलाई अभिभावकको साथ चाहिन्छ ।

‘माइतीघर’ रोहित अधिकारीद्वारा निर्मित तथा मिलन तामाङद्वारा निर्देशित फिल्म हो । दुई घण्टा सात मिनेटको फिल्ममा केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, सङ्गीता थापालगायतको कलाकारको अभिनय छ ।

‘हरिबहादुरको जुत्ता’को निर्देशन दीपेन्द्र के खनाल निर्देशित र सरोज ओली र मोहित वंश आचार्य अभिनीत फिल्म हो । २ घण्टा २१ मिनेट ४० सेकेन्ड लामो यो फिल्ममा हरिवंश आचार्य स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्यदेव पन्त, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सीता न्यौपाने, कमलमणि नेपाललगायतको कलाकारको अभिनय छ ।

‘बलिदान’ सन्तोष सेनको निर्देशनमा बनेको फिल्म हो । २ घण्टा ४ मिनेट लामो फिल्ममा फिल्ममा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतको अभिनय छ ।