काठमाडौं । नेपाल आइडलको यस वर्षको सिजन ६ को पहिलो अडिशनकी प्रतिस्पर्धी चितवन पर्साकी दर्शना गान्धारीले गोल्डेन माइक प्राप्त गरेपछि उनको चर्चा चुलीएको छ । सानै उमेरदेखि गीत गाउने रुची भएकी उनको संगीतमा लगाव थियो । यसअघि चितवनमा हुने साँगीतिक प्रतिस्पर्धा र कार्यक्रममा उनलाई नदेख्ने प्रायःकोहि छैन होला ।
यो सिजनमा दमदार प्रस्तुति सहित निर्णायकहरुको मन जित्न सफल उनले नेपाल आइडल जित्ने कतिले अहिलेनै आकंलन गरिरहेका छन् । सामाजिक सञ्जालमा उनको प्रस्तुतिलाई शेयर गर्नेको संख्या कमि छैन् । उनका शुभचिन्तक र साँगीतिक क्षेत्रका व्यक्तिहरुले उनको प्रस्तुती र निर्णायकको निर्णयको प्रसंशा गरिरहेका छन् ।
शुक्रबारबाट सुरुभएको नेपाल आइडलको ६ औं सिजनमा देखिएकी गान्धारीले निर्णायकको मन सुरुमै जितेकी थिइन् । बरिष्ठ संगीतकार तथा गायक न्हुय बज्राचार्यले तिमीसँग हात्ति छ ? भन्ने प्रश्नमा राष्ट्रसँग भएका सबै हाम्रा नै हुन भनि जवाफ दिइन् । सो जवाफमा ताली बज्यो । उनले देखाएको राष्ट्रियता प्रति सामाजिक सञ्जालमा कयौंको प्रशंसा छ ।
सुरुमा जिवन गुरुङको ‘प्रेमसँग हारे’ बोलको गीत गाएकी थिइन् । पहिलो प्रस्तुतीबाटै निर्णायकको मन जितेकी उनलाई निर्णायक कालिप्रसाद बास्कोटाले त्रास देखाए । त्यो भन्दा पहिला उनले न्हुय बज्राचार्यसँग केहि सुटुक्कै भने, र दर्शनालाई डर देखाए । यता, निर्णायक इन्दीरा जोशी भने, उनको पहिलो प्रस्तुतीबाटै सन्तुष्टनै देखिन्थीन् । उनलाई अर्काे कुनै..गीत गाउन आग्रह गरियो । उनले अभयाको ‘तिम्रालागि’ बोलको गीत प्रस्तुत गरिन । उनको त्यो प्रस्तुतीमा न्हुयको आखाँमा आशु थियो ।
न्हुयले आफुभएको ठाउँमा बोलाए, इन्दीराले आफ्नै शोफामा बस्न आग्रह गर्दैै अब तिमीनै जज हुने भनेपछि माहोल केहि भावुक बन्यो । दर्शनासँगै निर्णायककोे आखाँमा आशु... देखियो ।
उनलाई कालिले गोल्डेन माइँक हातमा राखिदिए । त्यसपछि माहोल थप भावुक बन्यो । उनले आफ्नो हजुरआमा, आफुलाई सिकाउने गुरु तथा पारिवारिक अबस्थालाई सम्झीदै भक्कानीएको दृष्यमा कयौंको साहनुभूति देखिएको छ । सानैमा आमाले छोडेकी दर्शना सामान्य गन्धर्व परिवारमा हुर्कीको एक प्रतिभा हुन ।
यस सिजनको पहिलो गोल्डेन माइक प्राप्त गर्न सफल उनले उपाधि पनि हात पार्नेमा कुनै दुविदा छैन् । किन भने, उनिमा संगीतको ज्ञानसँगै अनुशासन देखिन्छ । जसले उनलाई थप उचाइमा पुर्याउने निश्चीत छ । पछिल्लो समय नेपालमा हुने ‘रियालिटी शो’हरुमा निश्पक्षता देखिन थालेको छ । यसअघि यस्ता ‘शो’हरुलाई फकर ढंगले हेर्ने गरिन्थ्यो तर, अहिले प्रतिभाको कदर हुने गरेको छ । यसअघिको सिजनमा बर्दियाका सामान्य परिवारका करण परियारले उपाधि जितेका थिए ।