Sunday, July 13, 2025

२०८२ असार २९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

दर्शना गान्धारीलाई गीत गाउने अवसर, काफ्ले गीतका सर्जकले के भने ?

नेपाल आइडल सिजन—६


दर्शना गान्धारीलाई गीत गाउने अवसर, काफ्ले गीतका सर्जकले के भने ?

काठमाडौं । नेपाल आइडल सिजन—६ मा उत्कृष्ट प्रस्तुती दिदै आइरहेकी चितवनकी दर्शना गान्धारीलाई प्रतियोगिताकै दौरानमा गीत गाउने अवसर प्राप्त भएको छ । शुक्रबारको एपिसोडमा गान्धारीलाई नेपाली चलचित्र ‘उनको स्वीटर’मा काफ्ले गीतका सर्जक युवराज काफ्लेले सहकार्य गर्ने भिडिओ सन्देश पठाएका थिए । उनले अघिल्लो एपिसोडमा काफ्लेकै गीत गाएकी थिइन् ।

झुमा लिम्बु र सुजन चापागाइँले गाएको सो गीत गान्धारीले थप उत्कृष्ट गाएकी थिइन्  । पछिल्लो समय उत्कृष्ट प्रस्तुती दिएकी गान्धारीले प्रशंसा बटुली रहेकी छन् । सिजन—६ मा गोल्डेन माइक प्राप्त गान्धारीले एक पछि अर्काे दमदार प्रस्तुती दिदै आइरहेका छन् । उनलाई आइडलको उपाधी जिताउन अहिले उनको जिल्ला चितवन लगायत देशभरका विभिन्न जिल्लामा भोटकालागि अपिल भइरहेको छ ।