Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

‘गोर्खा वारियर’ प्रिमियर बेलायतमा


‘गोर्खा वारियर’ प्रिमियर बेलायतमा

काठमाडौं । गोर्खा सैनिकको वीरतामाथि बनेको फिल्म ‘गोर्खा वारियर’ को प्रिमियर बेलायतमा हुने भएको छ । मिलन चाम्स निर्देशित फिल्म भदौ २४ गते सिनेवर्ल्ड लेस्टर स्क्वायर आइम्याक्स हलमा प्रिमियर हुने निर्माण टिमले जनाएको छ ।

निर्देशक चाम्सले यो हलमा फिल्म प्रदर्शन गर्ने आफ्नो सपना पूरा हुन २० वर्ष लागेको बताए । गोर्खालीको कथा पर्दासम्म ल्याउन सहज थिएन । ‘जसरी गोर्खालीले लडाइँ लडे त्यसरी नै अहिले म संघर्ष गर्दै छु, हलिउडका कलाकारलाई प्रिमियरमा हिँडाउन,’ चाम्सले भने । प्रिमियरका लागि बेलायती राजपरिवारका सदस्यदेखि सांसद, स्थानीय निकायका प्रमुख, बेलायती सेनाका जनरल, गोर्खा रेजिमेन्ट अधिकृत, नेपाली दूतावास, सेलिब्रेटीसम्मलाई निम्तो दिएको उनले बताए ।

फिल्ममा बेलायती सेनाका गोर्खा सैनिकले सन् १९४९ मा मलाया जंगलमा लडेको लडाइँको कथा समेटिएको छ । नेपाली, अंग्रेजी र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको फिल्ममा कलाकारहरू रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर वाङ्देल, कविता आले, बिरूप घले, सारा राईले अभिनय गरेका छन् । फिल्मको कथा निर्देशक चाम्स र गिरिराज घिमिरेले लेखेका हुन् । सुदीप बरालको छायांकन रहेको फिल्म मिलन श्रेष्ठले सम्पादन गरेका हुन् ।