Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

रेमिट्यान्सले धानेको हाम्रो देश कहिले अझै कति दिन यस्तै ?


रेमिट्यान्सले धानेको हाम्रो देश कहिले अझै कति दिन यस्तै ?

देशका आर्थिक तरलताका बीचमा मानिसको दैनिकी कसरी चलेको होला ? एक पटक मनन गरौं । मुख्यगरि अहिले सबै अर्थतन्त्रका सबै सुचकहरु ओरालो लागेका अबस्थामा सबै भन्दा आर्थिक मार गृहणीलाई छ भन्दा म गलत नहुन सक्छु किन कि ? अहिले सबैभन्दा ठुलो कुरा भान्सा सञ्चालन गर्नु नै भएको छ ।

कुनै ठाउँबाट आर्थिक जोहो हुन नसक्दा कतिको व्यापार व्यवसायी बन्द भएका छन् भने, कतिको बैंक तथा वित्तीय संस्थाहरुले सम्पती जफत सम्म गरेका छन् । यस्तो अबस्थामा अहिले जुन घर वा परिवारका मानिस विदेशमा छन् उनकै परिवारले बिहान बेलुकी चुलो सहजै जलाएका छन् भन्ने विषयको पुष्टी राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख   छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको गत चैत महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले रेमिट्यान्स आप्रवाह २४ प्रतिशतले बढेको देखाएको छ । पछिल्ला महिनामा रेमिट्यान्स अप्रवाहमा वृद्धि भएसँगै अर्थतन्त्रका बाह्य सूचकहरू सबल बन्दै गएको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको हो ।

शोधनान्तर बचत र विदेशी मुद्रा सञ्चिति पनि थप बलियो अवस्थामा पुगेको देखाएको हो । निर्यात, पर्यटन, विदेशी सहयोग, अनुदान, ऋणलगायत विदेशी मुद्राका अन्य स्रोतहरू प्रभावकारी बन्न नसकिरहेको अवस्थामा लगातार रूपमा रेमिट्यान्समा वृद्धि हुँदा अर्थतन्त्रका बाह्य सूचकमा भने सुधार भएको प्रतिवेदनले औंल्याएको हो । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको नौ महिना (गत चैत) सम्ममा रेमिट्यान्समार्फत ९ खर्ब ३ अर्ब ३९ करोड रुपैयाँ मुलुक भित्रिएको छ ।

गत आर्थिक वर्षको नौ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा मुलुक भित्रिएको रेमिट्यान्स २४.२ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको नौ महिनासम्म रेमिट्यान्स वृद्धिदर ०.२ प्रतिशतले ऋणात्मक रहेको थियो । यसो त चालु आर्थिक वर्षको सुरुदेखि नै रेमिट्यान्स वृद्धिदर उच्च बन्दै आएको छ । मासिक रूपमा हेर्दा गएका नौ महिनामध्ये गत मंसिरदेखि चैतसम्म (पाँच महिना) हरेक महिना १ अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स नेपाल भित्रिएको छ ।

गत चैतमा नेपाल भित्रिएको रेमिट्यान्स हालसम्मकै सबैभन्दा बढी हो । जसअनुसार गत चैतमा रेमिट्यान्समार्फत १ खर्ब ९ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो । राष्ट्र बैंकका अनुसार गत साउनमा ९२.२ अर्ब, भदौमा ९४.८ अर्ब, असोजमा ९४ अर्ब, कात्तिकमा ९७, मंसिरमा १ खर्ब २ अर्ब ५० करोड, पुसमा १ खर्ब ४ अर्ब ६० करोड, माघमा १ खर्ब ४ अर्ब ८० करोड, फागुनमा १ खर्ब ४ अर्ब ४० करोड र चैतमा १ खर्ब ९ अर्ब १० करोड रेमिट्यान्स नेपाल भित्रिएको थियो ।

चालु आर्थिक वर्षको नौ महिनासम्ममा ३ लाख ८७ हजार ३ सय ३९ जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिएका छन् । गत आर्थिक वर्षको नौ महिनासम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिको तुलनामा श्रम स्वीकृति लिनेको संख्या करिब साढे ५१ प्रतिशतले बढेको हो ।

सो अवधिमा वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या २ लाख १७ हजार ९ सय ५९ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो ५.५ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या करिब दुई सय प्रतिशतले बढेको थियो । यसरी वैदेशीक रोजगारीमा जाने नेपालीको संख्या बढेसँगै रेमिट्यान्स आप्रवाहमा पनि सुधार भइरहेको तथ्यांकले देखाएको छ । यस्तो अबस्थामा राज्यको गम्भीरता कहाँ हुनुपर्छ भन्ने विषय प्रष्ट हुन्छ ।