Tuesday, December 16, 2025

२०८२ पुष १, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पूर्वमन्त्री कार्कीको घरबाट ६४ लाख बराबरको सुनचाँदी चोरेको आरोप लागेका दुई जना धरौटी तिर्न नसक्दा जेल चलान


पूर्वमन्त्री कार्कीको घरबाट ६४ लाख बराबरको सुनचाँदी चोरेको आरोप लागेका दुई जना धरौटी तिर्न नसक्दा जेल चलान

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको घरबाट ६४ लख बराबरको सुनचाँदी चोरेको आरोप लागेका दुई जनाले ३०-३० हजार धरौटी तिर्न नसक्दा जेल चलान भएका छन् ।


जेनजी आन्दोलनका क्रममा पूर्वमन्त्री कार्कीको घरमा चोरी भएको थियो । कार्की आफैंले उपद्रव र डाँका(चोरीको कसुरमा दिएको जाहेरीका आधारमा उदयपुर जिल्ला, कटारी नगरपालिका–७ रिस्कु घर भई ललितपुर धापाखेल बस्दै आएका २९ वर्षीय सुजन सेवा र महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–६ घर भई सोही ठाउँमा बस्ने ३० वर्षीय सञ्जय परियार पक्राउ परेका थिए ।

प्रहरी अनुसन्धानपछि जिल्ला अदालत, ललितपुरमा पेश भएका थिए । अदालतले उनीहरूलाई जनही ३० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । दुबैले धरौटी बुझाउन सकेनन् ।